यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने « Khabarhub

यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । 

मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कलप्रति आवश्यक पर्ने आयोगले जनाएको छ । 

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदानका दिन मतदान केन्द्रमा जाँदा ती परिचयपत्रको सक्कलप्रति लिएर मतदान गर्न सक्नेछन् । आइतबार देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । 

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ७ : १८ बजे

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा