उदयपुरका ६२ कैदीबन्दीले मतदान गर्न पाउने « Khabarhub

उदयपुरका ६२ कैदीबन्दीले मतदान गर्न पाउने


३ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्ला कारागार शाखामा कैदी बन्दि जीवन बिताई रहेका २ सय ३० जना मध्ये मतदाता नामावलीमा नाम रहेका ६२ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन । भोली आईतवार मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्बाचनमा कैदी बन्दीहरुले पनि मतदान गर्न पाउने ब्यवस्था गरेका छन । जिल्ला कारागार उदयपुरमा सजाय भुक्तानरत कैदीबन्दी मध्ये ६२ जनाले मतदान गर्न पाउने भएको हो ।

कारागार प्रमुख डिगमबहादुर कार्कीले मतदाता नामावलीमा नाम दर्ता रहेका कैदीबन्दीलाई मताधिकार दिइएको बताए । उनका अनुसार कैदीबन्दीलाई समानुपातिकतर्फ मात्र मताधिकार हुनेछ भने प्रत्यक्ष तर्फ मतदानको अधिकार हुने छैन । कैदी बन्दीलाई मतदान गर्नका लागि कारागार परिसरमै मतदान केन्द्र निर्माण गरिएको छ ।

कारागारमा विभिन्न अपराधमा संलग्न भएर दोषी ठहरिएका र आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट पुर्पक्षका लागि थुनामा रहेका कैदी र बन्दीको संख्या २ सय ३० जना रहेको छ । जस मध्ये महिला कैदी बन्दीको संख्या ९ जना रहेको जेलर कार्कीले बताए । कैदी बन्दी बाहेक मतदान केन्द्रमा खट्ने अधिकृत, सहायक अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी देखि सुरक्षातर्फ खट्ने प्रहरी र म्यादी प्रहरी समेतलाई समानुपातिक तर्फ मताधिकार रहेको छ । उनीहरु जुन जुन केन्द्रमा खट्छन्, त्यहीँ त्यहीँ मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगको गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक अधिकृत धनबहादुर कार्कीले बताए ।

जस अनुसार जिल्लाका दुवै निर्वाचन क्षेत्रमा खट्ने २ हजार १२ कर्मचारीले समानुपातिकमा मतदान गर्ने छन् । उदयपुरको निर्वाचन क्षेत्र १ मा १ सय ५३ मतदान केन्द्रमा ८ जनाका दरले १ हजार २ सय २४ र २ नं. मा १ सय ११ केन्द्रमा ८ सय ८८ जना कर्मचारी खटिएको कार्कीले बताए ।

सुरक्षाकर्मी तर्फ भने कतिले मतदान गर्न पाउने भन्ने संख्या खुलाएको छैन । सामान्य अवस्थाका मतदान केन्द्रमा ३ जना प्रहरी र ५ जना म्यादी परिरचालन गर्ने नीति रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक एसपी ज्ञानेन्द्रप्रसाद फुयालले बताए । उनका अनुसार सुरक्षा संवेदनसिलता भएका केन्द्रमा भने त्यस भन्दा केही बढीदेखि दोब्बर सम्म सुरक्षाकर्मी परिचालन गर्नु पर्ने भएकाले मतदान गर्नेको संख्या यकिन भन्न नमिल्ले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  ८ : ५० बजे

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ