व्यास नगरपालिकामा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै | Khabarhub Khabarhub

व्यास नगरपालिकामा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै


४ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको व्यास नगरपालिकाले श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ। नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्ने तयारी गरेको छ।

आप्रवासन अवसर र चुनौती दुवै रहेकाले नीतिद्वारा आप्रवासनको सुरक्षा गर्ने उद्देश्यले शाखा स्थापना गरी सहयोग पुर्‍याउन लागिएको हो। वैदेशिक रोजगारीमा जाने नेपालका जिल्लामध्ये १८औँ नम्बरमा तनहुँ पर्दछ। व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँगको अन्तक्र्रिया कार्यक्रममा व्यासमा श्रम र रोजगारसम्बन्धी शाखा स्थापना गरिने जानकारी दिए। आगामी नगरसभाबाट पारित गरी कार्यान्वयनमा ल्याउने गरी तयारी भएको उनले बताए।

“अब हुने नगरसभाबाट पारित गरी व्यास नगरपालिकामा श्रम तथा रोजगार शाखा स्थापना गरिनेछ। वैदेशिक रोजगारसम्बन्धी जोडिएका श्रम र रोजगारसँग सम्बन्धित रिटर्नीको समस्या, उनीलाई स्वरोजगारसँग जोडी आत्मनिर्भर र उद्यमशील बनाउने काम सोही शाखाले गर्नेछ”, उनले भने। युवालाई उद्यमशील बनाउन यस आर्थिक वर्षमा नगरपालिकाले रु ५० लाख विनियोजन गरेको उनले बताए। सामी कार्यक्रम प्रभावकारी र उपयोगी भएको जनाउँदै उनले यसलाई अझ विस्तार गर्नुपर्नेमा जोड दिए।

‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने नाराका साथ व्यास नगरपालिकाद्वारा आयोजित उक्त अन्तक्र्रियामा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सीप नसिकी कोही पनि वैदेशिक रोजगारीमा जान नहुने बताए। “सीप नसिकी, दक्षता हासिल नगरी, नबुझी विदेश जाने दाजुभाइले धेरै दुःख पाउनुभएको छ”, उनले भने, “त्यसैले सीप सिकी दक्ष बनी विदेश जानुपर्दछ।”

सामी कार्यक्रमका गण्डकी प्रदेश संयोजक शैलेन्द्र मिश्रले वित्तीय व्यवस्थापन, सम्बन्धित देशको भाषा, मौसम तथा कानुनजस्ता विषयमा जानकारी, सही र भरपर्दो रोजगार व्यवसायीको छनोट, स्वास्थ्यसम्बन्धी सचेतना र पारिवारिक व्यवस्थापन गर्न आवश्यक रहेको बताए।

तनहुँका नौ सम्पर्कविहीन

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर लामो समयसम्म घरपरिवारसँग सम्पर्कमा नआउने गरेका छन्। घरपरिवारसँग धेरै वर्षसम्म सम्पर्कमा नआएका जिल्लाका नौ रहेको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र तनहुँका अध्यक्ष दीपेन्द्र खनालले जानकारी दिए।

वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएर घरपरिवारसँग लामो समयदेखि सम्पर्कविहीन भएका उनले बताए। वैदेशिक रोजगारीमा गएको नौदेखि २० वर्षसम्मका रहेका जनाइएको छ। वैदेशिक रोजगारीमा मलेसिया गएदेखि (२० वर्ष) हालसम्म ऋषिङ गाउँपालिका–७ का ओमप्रकाश परियार परिवारसँग सम्पर्कमा नआएका उनले बताए।

त्यस्तै दुवई गएको १५ वर्षदेखि व्यास नगरपालिका–४ का सुरेन्द्र खनाल, मलेसिया गएको १५ वर्षदेखि म्याग्दे गाउँपालिका–१ का कृष्णबहादुर सिजाली मगर, मलेसिया गएको ११ वर्षदेखि व्यास नगरपालिका–९ का शङ्कर गैरे, मलेसिया गएको ११ वर्षदेखि म्याग्दे गाउँपालिका–२ का दिलबहादुर गुरुङ, मलेसिया गएको नौ वर्षदेखि म्याग्दे–५ का बमबहादुर गुरुङ, दुबई गएको नौ वर्षदेखि म्याग्दे–२ का सुदर्शन रानाभाट, व्यास –६ का शमशेर विक र भानु नगरपालिका–२ का पदमराज दाहाल हालसम्म घरपरिवारसँग सम्पर्कमा नआएको उनले जानकारी दिए।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  १२ : १६ बजे

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं– कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठक बिहान साढे

साउदीलाई अमेरिकाले सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

काठमाडौं– अमेरिकाले साउदी अरेबियालाई सुरक्षा र आणविक सहयोग उपलब्ध गराउने

चितवनमा नरभक्षी बाघ मर्‍यो

चितवन– मकवानपुरको मनहरीमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको

एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली विजयी

बाजुरा– नेकपा एमाले बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन्

इरानको सरकारी टिभीले भन्यो– राष्ट्रपति सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको संकेत छैन

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर दुर्घटनास्थलमा जीवनको