विश्वभर एकै दिनमा साढे ३२ लाखभन्दा बढी कोरोना संक्रमित थपिए « Khabarhub

विश्वभर एकै दिनमा साढे ३२ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

साढे १६ लाख निको, ८ हजार संक्रमितको मृत्यु


६ माघ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर एकै दिनमा ३२ लाख ६३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै ५ लाख ३२ हजारमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी फ्रान्समा ४ लाख ३६ हजार, ब्राजिलमा २ लाख ५ हजार, इटलीमा एक लाख ९२ हजार, स्पेनमा एक ला ५७ हजार, जर्मनीमा एक लाख २१ हजार, अर्जेन्टिनामा एक लाख २८ हजार र बेलायतमा एक लाख ८ हजार थपिएका हुन् ।

यही अवधिमा १६ लाख ६५ हजार निको भएका छन् भने ८ हजार २४३ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै एक हजार ८३४ जना छन् ।

त्यसैगरी रुसमा ६९८, बेलायतमा ३५९, ब्राजिलमा ३४९, इटलीमा ३८०, जर्मनीमा २५८, अर्जेन्टिनामा २०८, टर्कीमा १७६ र स्पेनमा १६० जना संक्रमितको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ६ : २२ बजे

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित

प्रतिकूल मौसमले दोलखाका धान किसान चिन्तित, भित्र्याउन चटारो

दोलखा– मुख्य बाली धान भित्र्याउने समयमै मौसम प्रतिकूल बनेपछि दोलखाका

चितवनमा खैरो हेरोइनसहित तीन जना पक्राउ

नारायणगढ –  चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित