प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटनह्यामको रोचक जित « Khabarhub

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटनह्यामको रोचक जित


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जित दर्ता गरेको छ ।

बे्रन्टफोर्डसँग अबे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ३–१ गोल अन्तरको जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको ब्रेन्टफोर्डले दोस्रो हाफमा तीन गोल खाएको हो । म्यानचेस्टरको जितमा खेलको ५५ औँ मिनेटमा एलान्गा, ६२ औँ मिनेटमा ग्रीनवूड र ७७ औँ मिनेटमा राशफोर्डले गोल गरे । ब्रेन्टफोर्डका लागि सान्तवना गोल टोनीले ८५ औँ मिनेटमा फर्काए ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा टोटनह्याम विजयी भएको छ । लेस्टर सिटीलाई ३–२ ले पराजित गर्दै टोटनह्याम विजयी भएको हो ।

सुरुवाती अग्रता लिएको लेस्टर सिटीमाथि खेलको ३८ औँ मिनेटमा ह्यारी केन र इन्जुरी समयको पाँच र सात मिनेटमा बेर्ग्विज्नले गोल गरेपछि टोटनह्यामले रोचक जित दर्ता गरेको हो ।

लेस्टर सिटीका लागि २४ औँ मिनेटमा डाकाले सुरुवाती अग्रता दिलाएका थिए भने ७६ औँ मिनेटमा म्याडिसनले गोल गरेका थिए ।

यो जितसँगै पाँचौं स्थानमा पुगेको टोटनह्यामले १९ खेलबाट ३६ अंक बनाएको छ भने म्यानचेस्टर युनाइटेड सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ७ : ०३ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण