२१ अर्बभन्दा बढी राजस्व सङ्कलन | Khabarhub Khabarhub

२१ अर्बभन्दा बढी राजस्व सङ्कलन


६ माघ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर–एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व संकलन गरेको छ ।

यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कमी हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले रु २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले सो अवधिमा गत आर्थिक वर्षभन्दा रु तीन अर्ब ७५ करोड ९९ लाख ७३ हजार बढी राजस्व संकलन भएको कार्यालयका प्रवक्ता रामचन्द्र ढुङ्गानाले जानकारी दिए ।

गत आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा सो अवधिमा रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा सङ्कलित राजस्वमा भन्सार महसुल आयाततर्फ रु सात अर्ब ९६ करोड ७१ लाख ३२ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु १० अर्ब ९४ करोड २७ लाख १७ हजार, अन्तःशुल्कतर्फ रु एक अर्ब ४८ करोड ५३ लाख १२ हजार, स्वास्थ्य जोखिम करतर्फ रु तीन हजार, भन्सार महसुल निर्याततर्फ रु ८४ लाख ३८ हजार, कृषि सुधार शुल्कतर्फ रु ४८ करोड ८५ लाख ३३ हजार, भन्सारसम्बन्धी अन्य आयतर्फ रु दुई करोड ४७ लाख ७० हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ रु नौ करोड ३२ लाख, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ रु ३२ करोड आठ लाख ४४ हजार, पूर्वाधार करतर्फ रु २३ करोड ३० लाख र अन्य रु २२ करोड ८६ लाख ३६ हजार छन् ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार  ३ : ४५ बजे

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा

एनपीएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज उद्घाटन

वाणिज्य विभागबाट मापदण्ड निर्धारणका लागि सुझाव माग

काठमाडौं– वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड

तनहुँमा दुई  मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३