प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि « Khabarhub

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयकमा नेकपा एमालेको दोहोरो चरित्र देखिएको टिप्पणी गरेका छन् । 

शनिबार काठमाडौंको सीतापाइलास्थित सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै उनले विधेयकमाथि राष्ट्रियसभामा संशोधन हालेर एमालेले दोहोरो चरित्र देखाएको टिप्पणी गरेका हुन् । 

‘कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो,’ अध्यक्ष प्रचण्डले भने, ‘एमालेका सांसदहरूले राष्ट्रियसभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको छ ।’ 

प्रचण्डले पछिल्लो पटक आफ्नो नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयनका लागि वर्तमान सरकारले तत्परता नदेखाएको भन्दै असन्तोष व्यक्त गरे । 

‘सरकार तयार नभएपछि तपाईँहरू (शिक्षकहरू) सडकमा रहनुपर्‍यो,’ उनले भने, ‘आन्दोलनमा उत्रिनु भयो । तर, सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो ।’

उनले शिक्षक आन्दोलन, शिक्षा विधेयक र हालको राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको भूमिका स्पष्ट पार्दै सरकारले संविधानमा भएको व्यवस्था कार्यान्वयन नगरेको आरोप लगाए । 

‘शिक्षकहरूले सडकमा आउनु नपर्ने अवस्था संविधानले नै सुनिश्चित ग यो,’ प्रचण्डले भने, ‘तर त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भए । माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरू अपमानित हुन पर्दैनथ्यो ।’

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १ : ३५ बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले