आहा रारामा एपीएफको विजयी सुरुवात « Khabarhub

आहा रारामा एपीएफको विजयी सुरुवात


६ माघ २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– आयोजक सहारा क्लबलाई पराजित गरी सशस्त्र प्रहरीको एपीएफ क्लबले पोखरामा जारी आहा रारा गोल्डकपमा सुखद् सुरुवात गरेको छ । उद्घाटन खेलमा एपीएफले सहारालाई २–० गोलअन्तरले हराएको हो । १४औं मिनेटमा आशिष लामिछानेको गोलबाट अग्रता लिएको एपीएफका लागि ६०औं मिनेटमा प्रदीप लामाले अर्को गोल थपेका थिए ।

जितपछि एपीएफका कोच कुमार थापाले अपेक्षाकृत नतिजा निकालेको बताए । ‘हामीले सोचेको जस्तै नतिजा आयो । अर्को खेलमा केही नयाँ शैलीले खेल्नुपर्छ,’ उनले भने, ‘आयोजक कमजोर टिम थिएन । जीत हामीले निकाल्यौं ।’

आयोजक सहाराका टिम कोच प्रदीप हिराचनले टिमको सेट नमिलेका कारण खेल गुमाएको बताए । ‘हामीसँग सेट टिम थिएन । खेलाडीहरू ढिलो गरी पोखरा आइपुगे,’ उनले भने, ‘यति छोटो अवधिमा सेट मिलाउनै गाह्रो भयो । यत्तिको खेल राम्रै हो ।’

प्रतिस्पर्धामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउने छन् । प्रतियोगिता माघ १५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ६ : २६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र