भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ « Khabarhub

भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमंका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआटी टोली र इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको टोलीले जुम्ला कन्काइसुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया डेरा लिएर बस्ने कामीलाई भालुको पित्त ९२ ग्राम र यार्सागुम्बा ५२४ ग्रामसहित पक्राउ गरेको हो ।

उनी बस्दै आएको डेराबाट ५०० ग्राम यार्सागुम्वा फेला पारेको प्रहरी निरीक्षक बमले बताए। उनका अनुसार पक्राउ परेका कामीमाथि थप अनुसन्धानको कार्य भइरहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ९ : ४५ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको