बाँदर र दुम्सीले हिउँदे बाली नष्ट गरेपछि किसान चिन्तित « Khabarhub

बाँदर र दुम्सीले हिउँदे बाली नष्ट गरेपछि किसान चिन्तित


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – हिउँदे बालीनाली बाँदर र दुम्सीले सखाप पारेपछि जिल्लाका कृषक चिन्तित बनेका छन् । हिउँदे बालीका रूपमा लगाएका आलु, गहुँ, जौँ, फापरलगायत फलफूलसमेत नष्ट गरेपछि उनीहरु समस्यामा परेका हुन् ।

अहिले जिल्लाभर बाँदर र दुम्सीको आतङ्क छ । कतिपय ठाउँमा किसानले बाली जोगाउन रातदिन जाग्राम बस्ने गरेका छन् । दुम्सीबाट जोगाउन चारैतिर बारबेर गरेका किसानले बाँदरबाट भने जोगाउन सकेका छैनन् । यसैगरी बाँदर आतङ्कले किसान हैरानीमा छन् । दिउँसो आउने बाँदर धपाउन गाउँले समूह बनाएर खटिने गरेको भए पनि रातमा आउने दुम्सीको ओखती नभएको गुनासो गरेका छन् ।

‘दिनभर सबै मिलेर बाँदर धपाउँछौँ’, फलेबास–३ का तुलसी सापकोटाले भने, ‘रातिमा दुम्सी कताबाट आउँछ कताबाट । आगो बालेर रातभर बस्दा आउँदैन, रातिमा सधैँ बस्न पनि सकिँदैन ।’

बाँदर, दुम्सीलगायत जङ्गली जनावरले दुःख दिन थालेपछि किसान थप समस्यामा परेको बताउँछन् । कुश्मा–१० पिपलटारीका रामबहादुर क्षेत्रीले २५ केजी आलुका बोट बाँदर र दुम्सीले सत्यनास पारेको बताए । ‘बेसाएर दुःख गरेर लगाएको खेती स्याहार्ने बेलामा शत्रु लाग्छ’, उनले भने, ‘यस्तो भएपछि खेती लगाउने जाँगर कसरी आओस् ।’

आलुको पकेट क्षेत्र मानिने जलजला गाउँपालिकाका बनौ, शालिजा, लेखफाँट, क्याङ, भुकताङ्ले, बाँसखर्कलगायत गाउँका आलुमा पनि बाँदर र दुम्सीको मुख्य समस्या रहेको किसानले बताएका छन् । ‘अहिले आलुमात्रै नभएर सुन्तला पनि खान थालेको छ’, बाँसखर्कका जगत्बहादुर खत्रीले भने, ‘पहिला मान्छे देखेर भाग्ने बाँदर अहिले उल्टै जिस्क्याउँछ ।’ उच्च पहाडी भेगमा पर्ने ती गाउँमा मुख्यबाली आलु हो । मुख्य बाली नै जङ्गली जनावरले सखाप पार्न थालेपछि कृषक पिरलोमा परेका हुन् ।

कुश्मा र फलेवास नगरपालिकाका अन्य वडामा पनि बाँदर र दुम्सीको आतङ्कले लगाएको आलु स्याहार्न नपाएको किसानको गुनासो छ । गत वर्ष आलुखेतीबाट रु १० करोड भित्र्याएका महाशिला–२ भोक्सिङका किसानले यसपालि बाँदर आतङ्ककै कारण भित्र्याउन नपाएको बताएका छन् ।

भोक्सिङका जीतबहादुर गुरुङका अनुसार असोजदेखि नै हुलका हुल आउन थालेका बाँदर अहिलेसम्म दैनिकजसो आसपासका जङ्गलमै बसेपछि धेरै किसानले आलु नै लगाएनन् । ‘बाँदरले नछाडेपछि जोगाउन सकिँदैन भनेर धेरैले आलु लगाएनन् ।’

किसानले खेती स्याहारेर खानै नसकेको गुनासो गरेपछि केही स्थानीय तहले बाँदर नियन्त्रणका योजना ल्याएका थिए । महाशिला र पैयुँ गाउँपालिकाले आव २०७५-७६ मा सुरु गरेको बाँदर नियन्त्रणको योजना सफल हुन सकेन । महाशिलाले पहिलो वर्ष करिब एक हजार ५०० बाँदर नियन्त्रण गरेको भए पनि चौतर्फी आलोचनापछि स्थगन गरिएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १० : १३ बजे

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी

मुगुको कार्मारोङमा पहिरो : तीन वर्षीय बालकको मृत्यु

मुगु– मुगुको कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा गएको पहिरोमा परी एक

धर्मेन्द्र प्रधानको राजीनामालाई सोनम वाङ्चुकले भने- लोकतन्त्रको जित

काठमाडौं- सामाजिक अभियान्ता सोनम वाङचुकले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

डा. केसीको उपचारमा स्वास्थ्यमन्त्रीको चासो, व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौं– २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल

धर्मेन्द्रको राजीनामापछि जन्तर मन्तरमा उत्साह, कक्रोच नेताले के भने ?

नयाँ दिल्ली– भारतीय ​शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई लिएर कक्रोच