साढे दुई वर्षपछि एमसीसी संसद्‌मा पेस हुँदै « Khabarhub

साढे दुई वर्षपछि एमसीसी संसद्‌मा पेस हुँदै


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पेस गरिने भएको छ। संघीय संसद सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि आइतबार सो प्रस्ताव पेस गर्न लागिएको हो ।

आइतबार बिहान बसेको पाँचदलीय गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव आइतबारकै प्रतिनिधिसभाको बैठकमा पेस गर्ने सहमति भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन् ।

केपी ओली नेतृत्वको तत्कालीन सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले ३० असार २०७६ मा संसद सचिवालयमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव दर्ता गरेका थिए ।

तत्कालीन सरकार नेतृत्वकर्ता दल नेकपाभित्र मतभेद हुँदै अन्य दलसहित नागरिकस्तरबाट पनि विरोध भएपछि संसद बैठकमा पेस हुन सकेको थिएन ।

२९ भदौ २०७४ मा एमसीसी सम्झौता भएको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : ३८ बजे

रियलको जितमा एम्बाप्पे र रोड्रिगोको गोल

काठमाडौं – गएराति भएको ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड

एमाले महाधिवेशन: ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव

काठमाडौं – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं- आज २०८२ साल मंसिर २९ गते सोमबार तदनुसार सन्