माओवादी नेता गजुरेल भन्छन्– एमसीसी पारित हुने अवस्था आएमा सरकार छाड्छौं « Khabarhub

माओवादी नेता गजुरेल भन्छन्– एमसीसी पारित हुने अवस्था आएमा सरकार छाड्छौं


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा पास हुने अवस्था आएमा सरकार छाड्न बताएका छन् ।

एमसीसी संसदमा टेबुल गर्ने विषयमा मात्र आफ्नो पार्टी लचिलो भएको तर पूर्ववत् अडान भने कायमै रहेको उनले बताए । ‘एमसीसी टेबुल गर्ने विषयमा मात्र लचिलो भएका हौं, तर पारित गर्ने पक्षमा हाम्रो पार्टीको पूर्ववत् अडान कायमै छ,’ गजुरेलले भने, ‘यदि एमसीसी पारित हुने अवस्था आयो भने हामी गठबन्धन सरकार छाड्छौं ।’

एमसीसीलाई संसदबाट अनुमोदन गर्ने विषयमा माओवादी केन्द्रमा दुई धार छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिमा छलफलमा लगेर सबै दलको सहमतिमा संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छन् । तर, अन्य नेता भने संसदबाट अनुमोदन नै गर्न नहुने पक्षमा छन् ।

एमसीसी सम्झौतालाई लिएर माओवादी केन्द्र सडकमा आन्दोलित अवस्थामा छ । एमालेले संसद् अवरोध गरिरहेको अवस्थामा एमसीसीमा छलफल नहुने र निर्णयार्थ पेस हुँदा संसदमा उपस्थित सांसदको संख्याका आधारमा सामान्य बहुमतले पारित हुने डर माओवादीलाई छ । त्यसैले एमसीसी पास भएमा सरकार छाड्ने निर्णय माओवादी केन्द्रले यसअघि नै गरिसकेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १ : १५ बजे

चितवन र मकवानपुरका ५२ प्रतिशत साना उद्योगको कारोबारमा गिरावट

काठमाडौं– चितवन र मकवानपुरका साना तथा मझौला उद्योगहरूको अवस्थाबारे नेपाल

ला आसिएन्दाले काठमाडौंमा भित्र्यायो स्वाद र आकर्षक डिजाइनसहितको ल्याटिन अमेरिकी उत्साह 

काठमाडौं– काठमाडौंको मोक्सी होटलमा आधुनिक ल्याटिन अमेरिकी डाईनिंग र ककटेल

प्रधानमन्त्रीलाई एनसेलको गुनासो- टेलिकमलाई केही नगर्ने, हामीलाई व्याजसहित किस्ता तिराउने ?

काठमाडौं- नेपालको दूरसञ्चार क्षेत्रको नीतिगत असमानता र अनिश्चितताको विषयमा एनसेल आजियाटा

युक्रेनको खार्किभमा रूसी आक्रमण, चार जनाको मृत्यु

एजेन्सी– युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा भएको रूसी आक्रमणमा चार जनाको

कांग्रेसमा उम्मेदवारी शुल्क नगदै बुझाउनु पर्ने, क्युआर नचल्ने

काठमाडौं- नेपाली कांग्रेसको तीन दिनदेखि जारी दोस्रो विशेष महाधिवेशनमा उम्मेदवारी