मुस्ताङका १३ बस्ती नदीकटानको उच्च जोखिममाः स्थानीयवासी त्रसित « Khabarhub

मुस्ताङका १३ बस्ती नदीकटानको उच्च जोखिममाः स्थानीयवासी त्रसित


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलेश्वर–मुस्ताङका १३ वटा बस्ती कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेको छ । वर्षायाममा कालीगण्डकी नदीका कारण छुसाङदेखि लेतेसम्मका १३ बस्ती उच्च जोखिममा परेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा गरिएको एक अध्ययन अनुसन्धानले देखाएको छ ।

बारागुङ मुक्तिक्षेत्रको समर तथा चैले, घरपझोङको स्याङ, ठिनी र थासाङ गाउँपालिकाको लार्जुङ, कोवाङ र सौरुलगायतका बस्ती उच्च जोखिममा रहेको सो अध्ययनले देखाएको छ । तापमान वृद्धिसँगै हिमताल फुट्ने र बाढीपहिराका कारण तटीय क्षेत्र उच्च जोखिममा रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ । जलवायु परिवर्तनको असरका कारण हिमालपारिको जिल्ला मुस्ताङ भएर बग्ने नदी तथा खोलाकिनारका बस्ती उच्च जोखिममा पर्न थालेका छन् । त्यसैगरी हिमालमा हिमस्खलन हुने क्रम पनि बढ्दै गएको अध्ययनले देखाएको छ ।

हिमस्खलन बढेपछि सेता हिमाल काला पहाडमा परिणत हुँदै जानसक्ने खतरासमेत बढेको वातावरणवीद्हरुले बताएका छन् । मुस्ताङमा जलाधार क्षेत्र अनियन्त्रित बन्दै जान थालेको र पछिल्लो समयमा लुप्रा खोला, कागबेनी खोला, घरपझोङको ठिनी खोला र थासाङको तमो खोला, थापाखोलाले धार परिर्वतन गर्दै बस्तीमा जोखिम पुर्‍याएका वातावरणकर्मी सहदेव सिग्देलले बताए । मुस्ताङमा असमान हिमपात हुने, हिमताल फुट्ने, हिमपहिरो जाँदा झनै जोखिम बढेको देखिएको छ । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा हिउँ पग्लने र भारी वर्षा हुन थालेका कारण कालीगण्डकी तथा सहायक खोलाका तटीय बस्ती उच्च जोखिममा परेका हुन् ।

वर्षायाममा आउने बाढीले कटान बढ्दै गएपछि कालीगण्डकी नदी बस्ती छेउसम्मै आइपुगेको हो। कटान नरोकिएपछि यी बस्तीका स्थानीयवासी त्रसित भएका छन् । कालीगण्डकी नदीको सतह वर्सेनि वृद्धि हुँदै जाँदा यी बस्ती जोखिममा परेका मुस्ताङका रोशन शेरचनले जानकारी दिनुभयो । उनले पछिल्लो समय जलवायु परिवर्तनको मार मुस्ताङले भोग्नुपरेको बताउँदै कालीगण्डकी नदीको जलचक्र प्रणाली र मुस्ताङको खेतीपातीसमेत प्रभावित हुँदै गएको छ भने ।

मुस्ताङमा गत मङ्सिरमा हिउँपहिरो गएको थियो । मानापाथी हिमालमा गएको हिमपहिरोले यहाँको जनजीवन त्रसित बनाएको थियो । त्यसअघि २०२८, २०५२ र २०५९ सालमा धौलागिरि क्षेत्रमा गएको हिमपहिरोले मानवीय क्षति हुनका साथै पशु चौपाया मरेका थिए । यता म्याग्दी क्षेत्रमा पनि कालीगण्डकी नदी कटानको समस्या विकराल बन्दै गएको छ । साँघुरिएर बगेको नदीले कटान गर्दा तटीय क्षेत्रका बासिन्दा वर्षाको समयमा त्रसित हुने गरेका छन् । भुरुङ, तातोपानी, दाना, बैंसरी र जिल्लाको सदरमुकाम बेनीबजारसमेत असुरक्षित रहेको छ ।

‘कालीगण्डकी नदीमा कतिबेला बाढी आउछ कुनै टुङ्ङे नै हुँदैन’, बेनी बजारका रमेश श्रेष्ठले भने ‘जलवायु परिवर्तनको असर हिमालदेखि नदी आसपासको तटीय क्षेत्र र सिमसारमा तीव्ररुपले पर्दै जान थालेको छ ।’ त्यसैगरी म्याग्दी नदी कटानको जोखिम पनि उत्तिकै छ । पश्चिम म्याग्दीका १८ वटा बस्ती म्याग्दी नदीको कटानका कारण वर्षामा सधैँ असुरक्षित रहने गरेका छन् । नदी किनारामा तटबन्ध गरेर नदीको धार परिवर्तन गर्ने प्रयास गरिए पनि वर्षेनि कटान नरोकिएको बेनी नगरपालिका–२ बगरफाँटका नारायण कार्कीले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : १५ बजे

प्रधानमन्त्री बालेनले संस्कृत श्लोकमार्फत दिए नयाँ वर्षको शुभकामना : ‘सर्वे भवन्तु सुखिन‍.. ’

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्ष २०८३ को सुखद

दलगत स्वार्थ त्यागेर मुलुक र जनताको हितमा सहकार्य गर्न आवश्यक : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक र जनताको हितका

नयाँ वर्षः समयको नयाँ पाना, सपनाको नयाँ रेखा

रातको अन्तिम घडीमा जब घडीका काँटा बिस्तारै नयाँ अंकतर्फ सर्दै

लागूऔषध खैरो हेरोइनसहित १० जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जनालाई

लेबनान–इजरायल वार्तामा अमेरिकी विदेशमन्त्री रुबियो सहभागी हुँदै : वासिङ्टनमा छलफल

वासिङ्टन – अमेरिकी विदेश मन्त्रालयले लेबनान र इजरायलबीच मंगलबार हुने