टी–२० विश्वकप छनोटः नेपाल सेमिफाइनल पुग्ने समीकरण यस्तो « Khabarhub

टी–२० विश्वकप छनोटः नेपाल सेमिफाइनल पुग्ने समीकरण यस्तो


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी पुरुष टी–२० विश्वकप छनोट ‘ए’ को सेमिफाइनल समीकरण रोमाञ्चक बनेको छ । दुई समूहका टोलीबीच दुई दुई खेल हुँदा प्रतियोगिताको सेमिफाइनल समीकरण थप रोमाञ्चक भएको हो ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी प्रतियोगिताको फाइनल पुग्ने दुई टोली ग्लोबल छनोटमा स्थान बनाउने छन् । त्यसअघि सहभागी टोली शीर्षस्थानमा रहँदै सेमिफाइनल पुग्न संघर्ष गरिरहेका छन् ।

समूहको अन्तिम खेलमा जर्मनीले आयरल्यान्डको सामना गर्दैछ भने बहराइनले संयुक्त अरब इमिरेट्स ९यूएई०सँग प्रतिस्पर्धा गर्दैछ । यता, क्यानडा र नेपाल भिड्दा ओमानले फिलिपिन्सको चुनौती पछ्याउनेछ । समूह ए को खेलमा यूएई सँगै बहराइन र आयरल्यान्ड सेमिफाइनल नजिक छन् । लगातार दुई खेलमा पराजित जर्मनी भने प्रतियागिताबाट बाहिरिएको छ ।

यता, नेपाल रहेको समूह ‘बी’ मा नेपालसहित क्यानडा र आयोजक ओमानको उत्तिकै सम्भावना रहेको छ । नेपालको उच्च सम्भावना रहँदा फिलिपिन्स भने लगातार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिएको छ । समूहमा नेपाल दुई खेलबाट सतप्रतिशत जितसहित चार अंक बनाएर शीर्षस्थानमा छ । क्यानडा र ओमानको समान दुई अंक छ । रेट रनरेटका आधारमा समेत नेपाल बलियो स्थितिमा छ ।

अब अन्तिम खेलमा नेपालले क्यानडाको सामना गर्दैछ । भोलि (सोमबार) पौने ४ बजे सुरुहुने खेलमा नेपाल विजय भए अपराजित रहँदै विजेताको रूपमा सेमिफाइनल प्रवेश गर्नेछ । यदि नेपाल पराजित भए पनि रनरेटमा बलियो स्थितिमा छ । यस्तो अवस्थानमा झिनो अन्तरले पराजित भए पनि नेपालल सेमिफाइनलमा पुग्न सक्छ ।

अर्को खेलमा ओमान र फिलिपिन्स भिड्दैछन् । यस खेलमा समेत फिलिपिन्स विजयी भए नेपाल स्वतः सेमिफाइनलमा पुग्नेछ । यदि यो खेलमा ओमान विजयी भए र नेपाल पराजित भए यस्तो अवस्थामा रनरेट हेरिनेछ । रनरेटमा बलियो हुने दुई टोलीले सेमिफाइनल ढोका खेल्नेछन् । हार नेपालको रेटरनरेट ४ दशमलब ३७५ छ । क्यानडाको २ दशमलब ५१२ रहँदा ओमानको माइनस शून्य दशमलब ५६३ छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ५ : १५ बजे

विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी : यो पटक ज्येष्ठ सूचीमा ४१ वर्षे रोनाल्डो

काठमाडौँ – विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष

१२ औषधि आयातमा कडाइ गर्न औषधि उद्योगीद्वारा माग

चितवन– नेपाली औषधि उत्पादकहरुले नेपाली उद्योग आयातको दबाबमा परेको जनाउँदै

निर्धारित समयमा हुन सकेन चेसको राष्ट्रिय च्याम्पियनसिप छनोट

काठमाडौँ – नेपाल बुद्धिचाल महासङ्घको आन्तरिक विवादको असर झापामा ११

रामायण सर्किट बन्न सक्छ नेपाल-भारत सम्बन्धको सेतु

नेपाल–भारत मैत्री सम्बन्धका कतिपय अपरिहार्य तत्त्वमध्ये सांस्कृतिक समानतालाई प्रमुख घटकका

लुम्बिनी प्रदेशसभा बस्दै, नीति तथा कार्यक्रममाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठक आजदेखि आगामी आर्थिक