रतुवा खोलामा पुल धमाधम बन्न थालेपछि चुलाचुलीबासी दंग « Khabarhub

रतुवा खोलामा पुल धमाधम बन्न थालेपछि चुलाचुलीबासी दंग


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– इलाम चुलाचुली-५ का मिलन विश्वकर्मा दमकमा काम गर्छन् । बर्खा होस् वा हिउँद घरबाटै धाएर उनी दमकमा काम गर्दै आएका छन् । हिउँदमा त सहजै काम गरेर घर फर्कन्छन् ।  तर, बर्खा लागेपछि बिहान काममा हिँडेका मिलनलाई साँझ घर फर्कन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हुन्छ । कारण- रतुवा खोला।

‘दमक जानका लागि अनिवार्य रूपमा रतुवा खोला तर्नै पर्छ । फेरि यो खोलामा बार्खमा ह्वातै बाढी आउँछ,’ उनले भने, ‘बिहान खोला तरेर गइन्छ । तर, साँझ बाढी आइरहेको हुन्छ । बाध्यता छ । जोखिम मोलेर भए पनि नदी तर्ने गरेका छौँ ।’

तर, उनी अहिले उनी खुसी छन् । शिलान्यास भएको एक वर्षमा पुल निर्माणले गति लिएपछि अब बर्खामा बाढीसँग पैठेजोरी खेल्न पर्दैन भन्ने अपेक्षा छ, उनको । मिलन मात्र हैन चुलाचुली-५ बुकुवा क्षेत्रका अधिकांशको दैनिकी झापाको दमक बजारमा हुन्छ । तर, रतुवा खोलामा पुल नहुँदा स्थानीयलाई ठूलो समस्या थियो । पुल निर्माण सुरु भएपछि भने स्थानीय दंग छन् । ‘पुल त कति छिटो बनिरहेको छ । अब चाहिँ पुलको धेरै आस लागेको छ,’ स्थानीय खगेन्द्र राई भन्छन्, ‘अब चाहिँ हाम्रो दैनिकी सहज होला भन्ने अपेक्षा छ ।’ यो ठाउँमा मदन भण्डारी राजमार्गअन्तर्ग रतुवा खोलामा पुल निर्माणको धमाधम काम भइरहेको छ ।

कुनैबेला चुलाचुली ‘इलामले नदेखेको, झापाले नहेरेको’ भाष्यले परिचित थियो । तर, यो भाष्य क्रमशः परिवर्तन हुँदैछ । संघीयताले यो ठाउँका स्थानीयमा खुसी ल्याएको चुलाचुली गाउँपालिका कार्यपालिका सदस्य निर्मला रसाइली बताउँछिन् । ‘स्थानीय सरकार आउनु पहिला न यहाँ खाने पानी थियो । न त विजुली नै,’ उनी भन्छिन्, ‘अहिले विजुली आएको छ । खानेपानी आएको छ । रतुवा खोलामा पुल बन्दैछ । गाउँको मुहार नै परिवर्तन भएको हामीले महसुस गरेका छौँ ।’

चुरे क्षेत्रको यो गाउँमा विकास निर्माणका काम सुरु भएसँगै जग्गाको मूल्य पनि आकासिएको छ । यही  गाउँ भएर मदन भण्डारी राजमार्ग निर्माण हुने चर्चा छ । यद्यपि रेखांकन विवादले यो क्षेत्रमा काम हुन सकेको छैन । तर, रतुवा खोलामा पुल निर्माणको काम धमाधम भइरहेकाले यहीँबाट सडक निर्माण हुनेमा स्थानीय ढुक्क छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १० : २५ बजे

निर्वाचनको तयारी : राजनीतिक दल र नागरिक प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला

सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा स्थानीय समस्यामा

भोजपुर– भोजपुरमा वषौँअघि सडक विस्तार भएका क्षेत्रको जग्गा अहिलेसम्म सरकारीकरण

जेन-जी आन्दोलनः गगन थापाले कार्यकर्तालाई सुनाए काठमाडौंमा डेरा नपाएको पीडा…

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन–जी आन्दोलनमा आफ्नो

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत– पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन्

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान