रतुवा खोलामा पुल धमाधम बन्न थालेपछि चुलाचुलीबासी दंग « Khabarhub

रतुवा खोलामा पुल धमाधम बन्न थालेपछि चुलाचुलीबासी दंग


८ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– इलाम चुलाचुली-५ का मिलन विश्वकर्मा दमकमा काम गर्छन् । बर्खा होस् वा हिउँद घरबाटै धाएर उनी दमकमा काम गर्दै आएका छन् । हिउँदमा त सहजै काम गरेर घर फर्कन्छन् ।  तर, बर्खा लागेपछि बिहान काममा हिँडेका मिलनलाई साँझ घर फर्कन सकिन्छ कि सकिँदैन भन्ने चिन्ता हुन्छ । कारण- रतुवा खोला।

‘दमक जानका लागि अनिवार्य रूपमा रतुवा खोला तर्नै पर्छ । फेरि यो खोलामा बार्खमा ह्वातै बाढी आउँछ,’ उनले भने, ‘बिहान खोला तरेर गइन्छ । तर, साँझ बाढी आइरहेको हुन्छ । बाध्यता छ । जोखिम मोलेर भए पनि नदी तर्ने गरेका छौँ ।’

तर, उनी अहिले उनी खुसी छन् । शिलान्यास भएको एक वर्षमा पुल निर्माणले गति लिएपछि अब बर्खामा बाढीसँग पैठेजोरी खेल्न पर्दैन भन्ने अपेक्षा छ, उनको । मिलन मात्र हैन चुलाचुली-५ बुकुवा क्षेत्रका अधिकांशको दैनिकी झापाको दमक बजारमा हुन्छ । तर, रतुवा खोलामा पुल नहुँदा स्थानीयलाई ठूलो समस्या थियो । पुल निर्माण सुरु भएपछि भने स्थानीय दंग छन् । ‘पुल त कति छिटो बनिरहेको छ । अब चाहिँ पुलको धेरै आस लागेको छ,’ स्थानीय खगेन्द्र राई भन्छन्, ‘अब चाहिँ हाम्रो दैनिकी सहज होला भन्ने अपेक्षा छ ।’ यो ठाउँमा मदन भण्डारी राजमार्गअन्तर्ग रतुवा खोलामा पुल निर्माणको धमाधम काम भइरहेको छ ।

कुनैबेला चुलाचुली ‘इलामले नदेखेको, झापाले नहेरेको’ भाष्यले परिचित थियो । तर, यो भाष्य क्रमशः परिवर्तन हुँदैछ । संघीयताले यो ठाउँका स्थानीयमा खुसी ल्याएको चुलाचुली गाउँपालिका कार्यपालिका सदस्य निर्मला रसाइली बताउँछिन् । ‘स्थानीय सरकार आउनु पहिला न यहाँ खाने पानी थियो । न त विजुली नै,’ उनी भन्छिन्, ‘अहिले विजुली आएको छ । खानेपानी आएको छ । रतुवा खोलामा पुल बन्दैछ । गाउँको मुहार नै परिवर्तन भएको हामीले महसुस गरेका छौँ ।’

चुरे क्षेत्रको यो गाउँमा विकास निर्माणका काम सुरु भएसँगै जग्गाको मूल्य पनि आकासिएको छ । यही  गाउँ भएर मदन भण्डारी राजमार्ग निर्माण हुने चर्चा छ । यद्यपि रेखांकन विवादले यो क्षेत्रमा काम हुन सकेको छैन । तर, रतुवा खोलामा पुल निर्माणको काम धमाधम भइरहेकाले यहीँबाट सडक निर्माण हुनेमा स्थानीय ढुक्क छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  १० : २५ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६