शरणार्थीलाई सहयोग गर्न आफैँ भ्यान हाँक्दै बेलायती पूर्व प्रधानमन्त्री पोल्याण्डतर्फ « Khabarhub

शरणार्थीलाई सहयोग गर्न आफैँ भ्यान हाँक्दै बेलायती पूर्व प्रधानमन्त्री पोल्याण्डतर्फ


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायतका पूर्व प्रधानमन्त्री डेभिड क्यामरुन युक्रेनी शरणार्थीलाई सहयोग गर्न आफैँ भ्यान हाँक्दै पोल्याण्डतर्फ लागेका छन् ।

पूर्व प्रधानमन्त्री क्यामरुनले सामाजिक सञ्जाल ट्विटरमार्फत् तस्वीर सार्वजनिक गर्दै रुसी आक्रमणको सामना गरिरहेको युक्रेनबाट विस्थापित भएकाहरुलाई सहायता प्रदान गर्न आफैँ भ्यान चलाएर पोल्याण्डतर्फ लागेको बताएका हुन् ।

आफूले चलाएको भ्यानमा ‘न्यापीदेखि लिएर स्यानिटरीका सामान, न्यानो कपडादेखि लिएर प्राथमिक उपचारका सामग्रीसम्म सबैथोक’ रहेको उनको भनाइ छ ।

उनको भ्यानमा अक्सफोर्डशायर फुड प्रोजेक्ट चिप्पी लार्डरले संकलन गरेको सामग्रीहरू रहेको र पोल्याण्ड पुगेर ती सामग्री रेडक्रसलाई प्रदान गर्ने बताइएको छ ।

उनीसँगै उनका अरु दुई साथीहरु पनि पोल्याण्ड यात्रामा रहेको बीबीसीले जनाएको छ ।

‘यो निकै लामो यात्रा हुनेछ, तर म तपाईँहरूलाई बाटोभरि अपडेट गराइरहनेछु ।’ उनको ट्विटमा लेखिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : ५७ बजे

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि