कागज किन्न विदेशी मुद्रा नभएपछि श्रीलंकामा ३० लाख विद्यार्थीको परीक्षा स्थगित « Khabarhub

कागज किन्न विदेशी मुद्रा नभएपछि श्रीलंकामा ३० लाख विद्यार्थीको परीक्षा स्थगित


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रिन्ट गर्ने कागज आयात गर्न विदेशी मुद्राको अभाव भएपछि श्रीलंकामा परीक्षा नै स्थगित गरिएको छ । सोमबारबाट शुरु हुने भनिएको परीक्षा प्रिन्ट गर्ने कागजको गम्भीर अभाव भएपछि विद्यालयस्तरीय परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको हो ।

यसबाट श्रीलंकाका ४५ लाखमध्ये दुई तिहाइ वा करिब ३० लाख विद्यार्थी प्रभावित हुने सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘प्रिन्टरहरुले विदेशी मुद्राको अभावमा कागज र मसी आयात गर्न नसक्ने भएपछि विद्यालयका प्रधानाध्यापकहरू पनि परीक्षा आयोजना गर्न सक्ने अवस्थामा छैनन् ।’ पश्चिमी प्रान्तको शिक्षा विभागले जनाएको छ ।

विदेशी मुद्राको अभावका कारण श्रीलंकामा कागज र मसीमात्र नभई खाद्यान्न, इन्धन र औषधिजस्तो अत्यावश्यक वस्तुको पनि अभाव रहेको बताइएको छ । सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकट झेलिरहेको श्रीलंकाले यसै वर्ष झण्डै ७ अर्ब अमेरिकी डलर विदेशी ऋण तिर्नुपर्ने छ ।

यद्यपि फेब्रुअरी महिनाको अन्त्यसम्म त्यहाँ केबल २ अर्ब ३० करोड अमेरिकी डलर बराबर मात्रै विदेशी मुद्राको सञ्चिती रहेको बताइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १ : १५ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी