कागज किन्न विदेशी मुद्रा नभएपछि श्रीलंकामा ३० लाख विद्यार्थीको परीक्षा स्थगित « Khabarhub

कागज किन्न विदेशी मुद्रा नभएपछि श्रीलंकामा ३० लाख विद्यार्थीको परीक्षा स्थगित


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रिन्ट गर्ने कागज आयात गर्न विदेशी मुद्राको अभाव भएपछि श्रीलंकामा परीक्षा नै स्थगित गरिएको छ । सोमबारबाट शुरु हुने भनिएको परीक्षा प्रिन्ट गर्ने कागजको गम्भीर अभाव भएपछि विद्यालयस्तरीय परीक्षा अनिश्चितकालसम्मका लागि स्थगित गरिएको हो ।

यसबाट श्रीलंकाका ४५ लाखमध्ये दुई तिहाइ वा करिब ३० लाख विद्यार्थी प्रभावित हुने सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

‘प्रिन्टरहरुले विदेशी मुद्राको अभावमा कागज र मसी आयात गर्न नसक्ने भएपछि विद्यालयका प्रधानाध्यापकहरू पनि परीक्षा आयोजना गर्न सक्ने अवस्थामा छैनन् ।’ पश्चिमी प्रान्तको शिक्षा विभागले जनाएको छ ।

विदेशी मुद्राको अभावका कारण श्रीलंकामा कागज र मसीमात्र नभई खाद्यान्न, इन्धन र औषधिजस्तो अत्यावश्यक वस्तुको पनि अभाव रहेको बताइएको छ । सन् १९४८ मा स्वतन्त्रता पाएयताकै सबैभन्दा खराब आर्थिक संकट झेलिरहेको श्रीलंकाले यसै वर्ष झण्डै ७ अर्ब अमेरिकी डलर विदेशी ऋण तिर्नुपर्ने छ ।

यद्यपि फेब्रुअरी महिनाको अन्त्यसम्म त्यहाँ केबल २ अर्ब ३० करोड अमेरिकी डलर बराबर मात्रै विदेशी मुद्राको सञ्चिती रहेको बताइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १ : १५ बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम