सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर परीक्षण गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

सीमा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर परीक्षण गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड-१९ तथा अन्य संक्रामक रोगहरूको परीक्षण गराउन निर्देशन दिएको छ । पूर्ण खोप प्राप्त नगरेको वा ७२ घण्टाभित्रको कोभिडको परीक्षणको रिपोर्ट नेगेटिभ नभएका यात्रुहरूको पीसीआर परीक्षण गराउन निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक सूचना जारी गर्दै पीसीआर तथा जिन सिक्वइन्सको नेगेटिभ रिपोर्ट नभएका याुत्रहरूको पीसीआर गराउन निर्देशन दिएको हो ।

त्यस्तै पूर्णं खोप प्राप्त गरेको वा ७२ घण्टाभित्रको कोभिडको परीक्षणको नेगेटिभ रिपोर्ट भए पनि कोभिड संक्रमणको लक्षण भएका यात्रुहरूको समेत पीसीआर परीक्षण गराउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

पाँच वर्षमाथिका बालबालिकाहरू जसले पूर्ण खोप प्राप्त गरेका छैनन् वा जसको ७२ घन्टाभित्रको कोभिडको परीक्षणको नेगेटिभ रिपोर्ट छैन वा कोभिडसँग मिल्दा जुल्दा लक्षण भएका बालबालिकाको पनि पीसीआर परीक्षण गराउनुपर्ने भएको हो ।

सीमा तथा हवाई नाकामा खटिएका अधिकार प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीले रोग निगरानीको क्रममा आवश्यक ठानेको अवस्थामा, कोभिड तथा अन्य संक्रामक रोगहरूको स्क्रिनिङ्का लागि यात्रुको कोभिडको परीक्षणलगायतका अन्य संक्रामक रोगहरूको समेत परीक्षण गराउन सकिने सहप्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १ : ४४ बजे

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि