परिवारसहित बेलायतमा शरण दिने जोनसनको प्रस्ताव जेलेन्स्कीद्वारा अस्वीकार « Khabarhub

परिवारसहित बेलायतमा शरण दिने जोनसनको प्रस्ताव जेलेन्स्कीद्वारा अस्वीकार


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बेलायतले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनको परिवारलाई शरण दिने प्रस्ताव गरेको छ । प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसी आक्रमणबीच युक्रेनी राष्ट्रपति र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका हुन् ।

यद्यपि जेलेन्स्कीले भने उक्त प्रस्ताव अस्वीकार गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । जोनसनले सन्डे टाइम्सलाई बताएअनुसार उनको जेलेन्स्कीसँग नियमित कुराकानी भइरहेको छ ।

जोनसनले जेलेन्स्कीलाई ‘अत्यन्त आकर्षक व्यक्तित्व र  प्रेरणाको स्रोत पनि साबित भएको ।’ बताएका छन् । जोनसनका अनुसार कुराकानीका क्रममा जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको थियो ।

यद्यपि जेलेन्स्कीले उक्त प्रस्ताव अस्वीकार गरेको उनको भनाइ छ । ‘उनी सधैं स्पष्ट छन्, उनको कर्तव्य युक्रेनी जनताप्रति हो, उनी त्यहीँ बस्नेछन् र जनताको हेरचाह गर्नेछन् । म उनको प्रशंसा गर्छु ।’ जोनसनले भने ।

गत फेब्रुअरी  २४ यता रुसले युक्रेनमा सैनिक आक्रमण गर्दै आएको छ । 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ४ : २२ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट