आगामी संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने कमल थापाकाे दाबी « Khabarhub

आगामी संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने कमल थापाकाे दाबी


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने गरेका छन्।

आइतबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा बलियो हुने र संसदीय चुनावबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका हुन्।

उनले संघीय चुनावपछि राप्रपाले कांग्रेस एमालेलाई चुनौति दिने गरि अघि बढ्ने बताए। अहिले सामाजिक सञ्जालमा आफुलाई गाली गर्नेहरुको भीड लागेको भन्दै आगामी दिनमा उनीहरु राप्रपा नेपालमा नै आउने उनले बताए ।

उनले राप्रपा नेपालले सर्वधर्म पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको पुर्नस्थापना, सुशासन र समृद्धिको मुख्य एजेण्डा लिएर चुनावमा जाने जानकारी दिए। उनले दलहरु एमसीसीका नाममा राष्ट्रियतालाई कमजोर बनाएकाले राप्रपा नेपालले राष्ट्रियताको पक्षमा आवाज उठाउने उल्लेख गरे।

कार्यक्रममा विभिन्न दलका कार्यकर्तालाई अध्यक्ष थापाले राप्रपा नेपाल प्रवेश गराएका थिए।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ५ : ५५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने