५१ भागपछि निर्देशक परिवर्तन « Khabarhub

५१ भागपछि निर्देशक परिवर्तन


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय नेपालमा पनि ओटीटी प्लेटफर्मको दर्शक बढेसँगै सिरियलहरु बन्ने क्रम बढ्दो छ । ओटीटी लक्षित सिरियल बनेता पनि केहि टेलिभिजनमै प्रसारण हुने गरेका छन् । यसैक्रममा टेलिसिरियल ‘मेरो कथा’ को ५१ औं भाग पार गरेको उपलक्ष्यमा सम्मान कार्यक्रम गरिएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सिरियलसँग जोडिएका कलाकार तथा प्राविधिकहरुलाई सम्मान गरिएको हो ।

सिरियलकी निर्देशक गीता नेपालको जन्मदिन सेलिब्रेसन समेत गरिएको थियो । आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, विशेष अतिथि कलाकार तथा निर्देशक निर शाह, अतिथिमा निर्माता तथा वितरक गोपाल काजी कायस्थ, चलचित्र कलाकार संघ नेपालका अध्यक्ष रविन्द्र खड्का, निर्देशक शोभित बस्नेत,कलाकार मोहन निरौला, निर्देशक तथा कलाकार उत्तम केसी लगायतको उपस्थीति रहेको थियो ।

टेलिसिरियलको ५१ औं भागबाट निर्देशकको जिम्मेवारी रामजी राउत सम्हाल्ने छन् । यो सिरियलमा रमेश बुढाथोकी, पवन मैनाली, हिउवाला गौतम, प्रिया रिजाल, गीता नेपाल, अशोक धिताल, माधव पण्डित, रिया श्रेष्ठ, सपना श्रेष्ठ, तेजुला खतिवडा, रामजी रावत, जयश्री कार्की, नेवीश्री कार्की, सरोज दाहाल, सन्दिप कडेल, अनमिका चौलागाई, अञ्जली तामाङ, रमेश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

धनेश्वर मिडियाको व्यानरमा निर्माण भएको टेलिसिरियललाई तेजुला खतिवडा र कृष्ण कार्कीको लगानी छ । सिरियलमा नरहरी प्रेमीको संगीत, नरहरी प्रेमी र अपेक्षा खनालको स्वर, क्यामोदिन मियाको सम्पादन, कलर तथा भिएफएक्स समिर मिया, रामेश्वर हुमागाईको छायांकन रहेको छ ।

कार्यक्रमका सम्पुर्ण कलाकारलाई मायाको चिनो र कदर पत्रसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : १७ बजे

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा