भारतद्वारा युक्रेनबाट १० बंगलादेशी नागरिकको उद्धार « Khabarhub

भारतद्वारा युक्रेनबाट १० बंगलादेशी नागरिकको उद्धार


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले रुसी आक्रमणको चपेटामा परेको युक्रेनबाट १० बंगालादेशी नागरिकलाई पनि उद्धार गरेको छ । अपरेशन गंगाको नामबाट भारतले युक्रेनबाट आफ्ना नागरिकको उद्धार थालेको थियो । सोही क्रममा बंगलादेशका १० नागरिकको पनि उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुलाई पूर्वी युक्रेनको सुमी क्षेत्रबाट उद्धार गरिएको बताइएको छ । तीमध्ये ९ बंगलादेशीलाई मार्च ९ को उडानद्वारा उद्धार गरिएका थियो भने अर्का बंगलादेशीलाई मार्च ४ मा उद्धार गरिएको थियो । आफ्ना नागरिकको उद्धार गरेकोमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएकी छिन् ।

रुसको राजधानी मस्को र नयाँ दिल्लीमा रहेका बंगलादेशी नियोगले भारतसँग आफ्ना नागरिकको पनि उद्धार गरिदिन आग्रह गरेपछि भारतले आग्रह स्वीकार गर्दै उनीहरुको उद्धार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतले आफ्ना नागरिकसँगै बंगलादेश, नेपाल र केही पाकिस्तानी नागरिकको पनि उद्धार गरेको छ । केही साताअघि मात्रै एक पाकिस्तानी विद्यार्थीले आफूलाई युक्रेनबाट उद्धार गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएको भिडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : ३३ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत