ओलीको नेतृत्व असफल भइसक्यो : प्रवक्ता महत « Khabarhub

ओलीको नेतृत्व असफल भइसक्यो : प्रवक्ता महत


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान- नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व राज्य सञ्चालनमा असफल भैसकेको बताएका छन् । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको शंखमूलमा निर्मित शंखपार्कको आज समुद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्री डा.महतले एमाले अध्यक्ष ओलीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेको चुनाव चिन्हमा मतदान गरेर पुण्य कमाउन दिएको उपदेशको जवाफमा यस्तो बताएका हुन् ।

ओलीमा काम गर्ने नभइ ठट्टा गर्ने बानी रहेको उल्लेख गर्दै उनले भने, ‘राजनीति गर्ने मान्छेहरु देशको समृद्धि र जनताको सुख तथा सुविधालाई केन्द्रमा राख्ने हुनाले सधै गम्भीर हुन्छन् । तर उहाँले हास्य कलाकारको जस्तो हँसिमजाक बनाउनुभयो । शासन सत्ता सञ्चालन गर्न तपाई र तपाईँको पार्टी असफल भयो । ५ वर्षलाई दिएको जनादेश साढे ३ वर्ष पनि टिकाउन सक्नु भएन ।’

महतले ओलीले आफू प्रधानमन्त्री हुँदा प्राप्त गरेको झण्डै दुई तिहाइको समर्थन जोगाएर राख्न नसकेको, आफ्नै पार्टीलाई एकताबद्ध राख्न नसकेको र दुई तिहाईको समर्थन कायम रहँदा त्यसको दुरुपयोग गर्दै प्रतिनिधिसभा विघटन गरेकोले संविधानको रक्षा गर्न, देशमा कानूनी शासन बहाली गर्न, सुशासन कायम गर्न नेपाली कांग्रेस अग्रसर हुनुपरेको उल्लेख गरे ।

अघिल्लो चुनावमा निकै आकर्षक नारा दिएर जनतालाई झुक्याएर जिते पनि कम्युनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको उनको जिकिर थियो ।

महतले कांग्रेसले नै मुलुकमा रहेका विभिन्न जातजातिका भाषा, भेषभूषा, संस्कृति, परम्परा र धर्मको संरक्षण गर्ने दाबी गरे ।

नेपाली कांग्रेस फोस्रा आश्वासन दिन नजान्ने र जे गर्न सकिन्छ, त्यही भन्ने भएकोले अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीप्रति आकर्षित हुँदा जनतालाई धोका भएको पनि उनले भने ।

ओलीले नेतृत्व गरेको पार्टीबाट अलग भएर बनेका दलहरुले आग्रह गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको उल्लेख गर्दै उनले कांग्रेसको नेतृत्वमा सरकार बनेपछि मुलुकमा भ्रष्टाचार हुन छोडेको, कोरोना महामारीबाट जनतालाई जोगाउन पर्याप्त खोपको बन्दोबस्त भएको, बन्दाबन्दी र निषेधाज्ञा हटेर जनजीवन सामान्य भएको पनि दाबी गरे ।

जनताका गुनासा सुन्न र नेपाली कांग्रेस पार्टी, यसको नेतृत्वमा बनेका तीन तहका सरकारहरुले गरेका कामको बारेमा सबै नागरिकलाई बुझाउन हरेक घर पुग्न जिल्लाका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।

चैत्र ११ गते बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा स्थानीय निकायको निर्वाचनमा गठबन्धन गर्ने नगर्ने सम्बन्धमा पनि छलफल हुने बताउँदै भने, “गठबन्धन स्थानीय आवश्यकताका आधारमा पनि हुन सक्छ । के गर्दा हामी बढीभन्दा बढी सीट जित्न सक्छौ, गठबन्धन गर्दा बढी जितिन्छ भने त्यही हुन्छ, एक्लै जित्छौं भने एक्लै जाने होला तर कार्यकर्ताहरु भने यसमा नअल्मलिन आवश्यक छैन । जनताको बीचमा जाऔं कांग्रेसलाई मत दिने अवस्था सिर्जना गरौं, अहिलेको आवश्यकता त्यही हो ।”

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ८ : ३४ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२