तीन डीआईजीलाई एआईजीमा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी « Khabarhub

तीन डीआईजीलाई एआईजीमा सिफारिस गर्ने निर्णयविरुद्ध उजुरी


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ ।

गृहमन्त्रालयको बढुवा सिफारिस समितिले गरेको निर्णयविरुद्ध नेपाल प्रहरीका डीआईजी घनश्याम अर्यालले लोकसेवा आयोगमा उजुरी दिएका हुन् ।

चैत १ गते समितिले डीआईजीहरू बसन्त पन्त, धिरप्रताप सिंह र रविन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेका थियो ।

वरिष्ठता र कार्यक्षमताको आधारमा सिफारिस नगरिएको दाबी गर्दै अर्यालले उजुरी दिएका छन् ।

एआईजी हुने प्रतिस्पर्धा अर्याल पनि थिए । उनले सिफारिस गरिएकाहरूभन्दा आफू सिनियर भएको पनि भन्दै निर्णय बदर गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ८ : ५५ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको