उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाविरुद्ध रिट निवेदन « Khabarhub

उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाविरुद्ध रिट निवेदन


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह चुनावको आचारसंहिताविरुद्ध रिट निवेदन परेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचनको आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

स्थानीय चुनावमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले पहिला राजीनामा दिनुपर्ने प्रावधानप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाले सर्वोच्चमा निवेदन दर्ता गराउन पुगेका छन् ।
उनले यो प्रावधान सच्याउन माग गरेका छन् ।

चुनाव अघि नै जनप्रतिनिधिले राजीनामा दिँदा स्थानीय तह रिक्त हुने र जनताले सेवा पाउन नसक्ने शेर्पाको तर्क छ ।

उनले यो प्रावधान संविधानविपरीत रहेको दाबी गर्दै वैकल्पिक व्यवस्था गर्न वा आचारसंहिता संशोधन गर्न पनि माग गरेका छन् ।

यता, सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले शेर्पाले निवेदन दिएको भए पनि रिट दर्ता हुन बाँकी रहेको जानकारी दिएका छन् । यो निवेदन दर्ता गर्ने/नगर्ने विषयमा सोमबार निर्णय हुने पनि उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : १८ बजे

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित