उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाविरुद्ध रिट निवेदन « Khabarhub

उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने व्यवस्थाविरुद्ध रिट निवेदन


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह चुनावको आचारसंहिताविरुद्ध रिट निवेदन परेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचनको आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

स्थानीय चुनावमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले पहिला राजीनामा दिनुपर्ने प्रावधानप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाले सर्वोच्चमा निवेदन दर्ता गराउन पुगेका छन् ।
उनले यो प्रावधान सच्याउन माग गरेका छन् ।

चुनाव अघि नै जनप्रतिनिधिले राजीनामा दिँदा स्थानीय तह रिक्त हुने र जनताले सेवा पाउन नसक्ने शेर्पाको तर्क छ ।

उनले यो प्रावधान संविधानविपरीत रहेको दाबी गर्दै वैकल्पिक व्यवस्था गर्न वा आचारसंहिता संशोधन गर्न पनि माग गरेका छन् ।

यता, सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले शेर्पाले निवेदन दिएको भए पनि रिट दर्ता हुन बाँकी रहेको जानकारी दिएका छन् । यो निवेदन दर्ता गर्ने/नगर्ने विषयमा सोमबार निर्णय हुने पनि उनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : १८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने