छात्रामाथि यौन दुर्व्यवहार प्रकरणः झडपमा एक प्रहरी जवानको मृत्यु « Khabarhub

छात्रामाथि यौन दुर्व्यवहार प्रकरणः झडपमा एक प्रहरी जवानको मृत्यु


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको लेटाङमा यौन दुर्व्यवहार घटनालाई लिएर भएको झडपमा परी घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ ।

लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयमा भएको यौन दुर्व्यवहारको घटनालाई लिएर झडप भएको थियो । झडपका क्रममा धारिलो हतियारले प्रहार भएको श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।

विद्यालयका ५६ वर्षीय शिक्षक मनोज पौडेलले १४ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको घटना बाहिर आएपछि विद्यालय आइतबार बिहानदेखि तनावग्रस्त बनेको थियो ।

आरोपित शिक्षकसँग सोधपुछ भइरहेका बेला स्थानीयहरू विद्यालयमा आएर तानातान गरेपछि विवाद बढेको थियो ।

आरोपी शिक्षकलाई लिन र घटनाको अनुसन्धान गर्न प्रहरी पनि विद्यालयमा पुगेको थियो ।

भिडले शिक्षकलाई बाहिर निकालेर कुटपिट गर्न खोजेपछि अवस्था नियन्त्रण बाहिर गएको थियो ।

विद्यालयभित्रै लुकेर बसेका आरोपित शिक्षक पौडेललाई प्रहरी बेलुका नियन्त्रणमा लिएर विराटनगर लाने क्रममा आक्रोशित भिडले आक्रमण गर्दा महिला प्रहरीको मृत्यु भएको बताइएको छ ।

शिक्षकले आफूमाथि हाेलीका दिन दुर्व्यवहार गरेको छात्राले आरोप लगाएकी थिइन् ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ११ : ३९ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि