कतारमा जेल जीवन बिताइरहेका २१ नेपालीले पाए आममाफी « Khabarhub

कतारमा जेल जीवन बिताइरहेका २१ नेपालीले पाए आममाफी


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा जेल जीवन बिताइरहेका २१ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।

कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय भोगिरहेका २१ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो ।

दोहास्थित नेपाली दूतावासका अनुसार आममाफी पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३, चाेरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रि वितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भोगिरहेका थिए ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कारागारमा सजाय भोगिरहेका उनीहरुलाई आममाफी दिएका हुन्। आममाफी पाएका नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने दूतावासले जनाएको छ ।

कतारले रमादानको अवसरमा प्रत्येक वर्ष कसुरको प्रकृति हेरेर कैदी बन्दीलाई आममाफी दिँदै आएको छ । गतवर्ष पनि विभिन्न कसुरमा जेल जीवन बिताइरहेका १४ जना नेपालीलाई कतारले माफी दिएको थियो।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : ०८ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको