साउदीमा घुम्ती शिविर, ३ सय ९६ जना आप्रवासी नेपालीले लिए सेवा  « Khabarhub

साउदीमा घुम्ती शिविर, ३ सय ९६ जना आप्रवासी नेपालीले लिए सेवा 


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाली श्रमिकको समस्यालाई मध्यनजर गर्दै राहदानी नवीकरणको लागि साउदीको दमाममा घुम्ती शिविर सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीले सञ्चालनमा ल्याएको आउटरिच शिविरअन्तर्गत त्यहाँको पूर्वी क्षेत्र दमाममा शिविर आयोजना गरिएको हो। उक्त कार्यक्रमबाट दमाममा ३ सय ९६ जना आप्रवासी नेपालीले सेवा लिएका लिएको संघले जनाएको छ ।

शिविरमा दमाममा नेपाली दूतावास रियादबाट राहदानी नवीकरणको लागि २१ मार्चसम्म र त्यसभन्दा अघि फारम संकलन गरिएका सेवाग्राहीहरूको नवीकृत राहदानी वितरण गरिएको थियो ।

राहदानी वितरणका लागि नेपाली दूतावास रियादबाट हेमन्ने आचार्यसहित दूतावास पदाधिकारीहरू र एनआरएनए साउदीका पदाधिकारीहरूको सहजीकरणमा ३ सय ९६ जनालाई राहदानी वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाली दूतावास रियादको पूर्वी क्षेत्रका जनसम्पर्क अधिकारी नारायण पासवानसँगै सहजीकरणका एनआरएनए मध्यपूर्व संयोजक राजेन्द्र अर्याललगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : २४ बजे

लेदो पन्छाएपछि बीपी राजमार्ग पुनः सञ्चालन

बनेपा – गएरातिदेखि परेको वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गको

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट