साउदीमा घुम्ती शिविर, ३ सय ९६ जना आप्रवासी नेपालीले लिए सेवा  « Khabarhub

साउदीमा घुम्ती शिविर, ३ सय ९६ जना आप्रवासी नेपालीले लिए सेवा 


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – नेपाली श्रमिकको समस्यालाई मध्यनजर गर्दै राहदानी नवीकरणको लागि साउदीको दमाममा घुम्ती शिविर सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीले सञ्चालनमा ल्याएको आउटरिच शिविरअन्तर्गत त्यहाँको पूर्वी क्षेत्र दमाममा शिविर आयोजना गरिएको हो। उक्त कार्यक्रमबाट दमाममा ३ सय ९६ जना आप्रवासी नेपालीले सेवा लिएका लिएको संघले जनाएको छ ।

शिविरमा दमाममा नेपाली दूतावास रियादबाट राहदानी नवीकरणको लागि २१ मार्चसम्म र त्यसभन्दा अघि फारम संकलन गरिएका सेवाग्राहीहरूको नवीकृत राहदानी वितरण गरिएको थियो ।

राहदानी वितरणका लागि नेपाली दूतावास रियादबाट हेमन्ने आचार्यसहित दूतावास पदाधिकारीहरू र एनआरएनए साउदीका पदाधिकारीहरूको सहजीकरणमा ३ सय ९६ जनालाई राहदानी वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाली दूतावास रियादको पूर्वी क्षेत्रका जनसम्पर्क अधिकारी नारायण पासवानसँगै सहजीकरणका एनआरएनए मध्यपूर्व संयोजक राजेन्द्र अर्याललगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ८ : २४ बजे

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा