ठेक्का पट्टा गर्नेले व्यवहारमा नगरेका ठाउँबाट उम्मेदवारी दिन पाउने | Khabarhub Khabarhub

ठेक्का पट्टा गर्नेले व्यवहारमा नगरेका ठाउँबाट उम्मेदवारी दिन पाउने


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ठेक्का पट्टा गर्ने व्यक्तिले व्यवहार गरेका बाहेक स्थानीय तहमा उम्मेदवारी दिन पाउने भएका छन् ।

सर्वाेच्च अदालतले ठेक्का पट्टामा जोडिएका स्थानीय तहबाहेक अन्य स्थानीय तहमा उम्मेदवारी दिनबाट नरोक्न अन्तरिम आदेश दिएको हो । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले यो आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘स्वघोषणापत्रमा भएको कुनै पनि स्थानीय तहको ठेक्का पट्टासम्बन्धी व्यवहारमा संलग्न रहेको भनी व्यावसायिक सरोकार नरहेका स्थानीय तहमा समेत उम्मेदवार हुनबाट रोक लगाउने गरी निर्वाचन आयोगबाट भएको निर्णय प्रथम दृष्टिमा नै उचित तर्कमा आधारित भएको देखिएन ।’

निर्वाचन आयोगले ठेक्का पट्टामा संलग्न व्यक्तिलाई उम्मेदवारी दिनबाट राक्दै आचारसंहिता ल्याएको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ५ : ५७ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस