पल प्रकरण : नवलपरासीको जिल्ला अदालतमा पनि बालिकाले फेरिन् बयान | Khabarhub Khabarhub

पल प्रकरण : नवलपरासीको जिल्ला अदालतमा पनि बालिकाले फेरिन् बयान


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता पल शाह जोडिएको जबर्जस्ती करणी मुद्दामा पीडित भनिएकी बालिकाले नवलपुर जिल्ला अदालतमा पनि बयान फेरेकी छन् ।

उनले तनहुँ जिल्ला अदालतमाझैं आफूमाथि जबर्जस्ती करणी नै नभएको र अभियुक्त पल शाह निर्दोष रहेको भनी बकपत्र गरेकी हुन् । बालिकाले आफूले अरुको उक्साहटमा आएर शाहले बलात्कार गरेको अभियोग लगाए तापनि वास्तविकता त्यस्तो नभएको बताएकी हुन् ।

गत चैत २३ गते जिल्ला अदालत पूर्वीनवलपरासीमा बयानका लागि उपस्थित गराइएका शाहलाई अदालतले बुधबार हाजिर हुन आदेश दिएअनुसार उनलाई तनहुँबाट पूर्वीनवलपरासीमा ल्याइएको हो ।

जिल्ला अदालतले अब बालिकाका पिता र अरु साक्षीहरुको बकपत्र गराउनेछ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ७ : १२ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ