वैचारिक धरातल बिर्सिएर अगाडि बढ्ने काम भयोः उपसभापति गुरुङ « Khabarhub

वैचारिक धरातल बिर्सिएर अगाडि बढ्ने काम भयोः उपसभापति गुरुङ


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा वैचारिक धरातललाई बिर्सिएर प्राविधिक रूपमा अगाडि बढ्ने काम भएको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौँमा नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसर पारेर गरिएको ‘स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व’ विषयक गोष्ठीमा उपसभापति गुरुङले यस्तो बताएका हुन् ।

‘वैचारिक धरातललाई बिर्सिएर प्राविधिक रूपमा अगाडि बढी रह्यो भने दुर्घटनातर्फ उन्मुख हुन सक्छ,’ गुरुङले भने, ‘आजका दिनमा गम्भीर हुन आवश्यक छ । वैचारिक स्खलन आयो भने राजनीतिक पार्टीहरू बाँच्न सक्दैन ।’
उनले नेपाली कांग्रेसको आत्मा बचाउन नेपाल विद्यार्थी संघ खोज्न आवश्यक रहेको पनि बताए ।

गुरुङले भने, ‘कांग्रेसको आत्मा बचाउनका लागि आजको मितिमा धामीझाँक्री खोज्दै हिँड्ने होइन, नेपाल विद्यार्थी संघ खोज्न आवश्यक छ ।’

उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरिएकोप्रति पनि टिप्पणी गरेका छन् ।

‘पूरै सदस्य घरभित्र राखेर खेतमा खनजोत गर्ने खेतालाहरू बाहिर खोज्न भौतारिरहेको म कांग्रेस हुँ । यस्तो कांग्रेस भएको छु म आज,’ उनले भने, ‘घरभित्रै हुर्किएका जवान छोराछोरीहरू, बुहारीहरूलाई घरमै थन्क्याएर बाहिर खेताला खोज्नेको हबिगत के हुन्छ, प्रष्टै छ ।’

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : १५ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका