वैचारिक धरातल बिर्सिएर अगाडि बढ्ने काम भयोः उपसभापति गुरुङ « Khabarhub

वैचारिक धरातल बिर्सिएर अगाडि बढ्ने काम भयोः उपसभापति गुरुङ


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीमा वैचारिक धरातललाई बिर्सिएर प्राविधिक रूपमा अगाडि बढ्ने काम भएको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौँमा नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसर पारेर गरिएको ‘स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व’ विषयक गोष्ठीमा उपसभापति गुरुङले यस्तो बताएका हुन् ।

‘वैचारिक धरातललाई बिर्सिएर प्राविधिक रूपमा अगाडि बढी रह्यो भने दुर्घटनातर्फ उन्मुख हुन सक्छ,’ गुरुङले भने, ‘आजका दिनमा गम्भीर हुन आवश्यक छ । वैचारिक स्खलन आयो भने राजनीतिक पार्टीहरू बाँच्न सक्दैन ।’
उनले नेपाली कांग्रेसको आत्मा बचाउन नेपाल विद्यार्थी संघ खोज्न आवश्यक रहेको पनि बताए ।

गुरुङले भने, ‘कांग्रेसको आत्मा बचाउनका लागि आजको मितिमा धामीझाँक्री खोज्दै हिँड्ने होइन, नेपाल विद्यार्थी संघ खोज्न आवश्यक छ ।’

उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरिएकोप्रति पनि टिप्पणी गरेका छन् ।

‘पूरै सदस्य घरभित्र राखेर खेतमा खनजोत गर्ने खेतालाहरू बाहिर खोज्न भौतारिरहेको म कांग्रेस हुँ । यस्तो कांग्रेस भएको छु म आज,’ उनले भने, ‘घरभित्रै हुर्किएका जवान छोराछोरीहरू, बुहारीहरूलाई घरमै थन्क्याएर बाहिर खेताला खोज्नेको हबिगत के हुन्छ, प्रष्टै छ ।’

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ११ : १५ बजे

प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव

काठमाडौं– प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव

गगनप्रति नरम देखिएका देउवाको वक्तव्यका ७ सन्देश

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले करिब पाँच महिना लामो

चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न

इरानको मृत्युदण्डविरुद्ध ३२ देश

पेरिस- इरानमा प्रदर्शनकारी तथा सरकारविरोधी गतिविधिमा संलग्न व्यक्तिमाथि मृत्युदण्डको प्रयोग बढेको

स्वदेशमा उत्रिएपछि देउवाले भने, ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले करिब पाँच