हरिवनको मेयरमा माओवादी विजयी « Khabarhub

हरिवनको मेयरमा माओवादी विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुडाथोकी र  उपमेयरमा नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् ।

हरिवन नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयरमा माओवादी केन्द्रका बुडाथोकीले एमालेका गणेशप्रसाद प्रसाईलाई १५३ मतान्तरले पराजित गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रसाईसगँ पराजित भएका बुडाथोकीको यो जितलाई बदलाको रुपमा सहेत हेरिएको छ ।

उपमेयरमा एमालेकी हरिमाया घलान १५३४ मतान्तरले विजयी भएकी छिन् । घलानले कुल ६८५५ मतसहित विजयी हासिल गर्दा  निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार पद्मा मोक्तानले ५३२१ मत मात्र प्राप्त गर्दै पराजित भइन् ।

हरिवन वडाध्यक्षमा एमालेका ५ जना, कांग्रेसका ४ जना र एकीकृत समाजवादीका दुई जना विजयी भएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : ४४ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको