३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ?  « Khabarhub

स्थानीय तह निर्वाचन

३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित, कुन दलका कतिले जिते ? 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा हालसम्म ३१ हजार ४१६ जना जनप्रतिनिधिहरू निर्वाचित भइसकेको जनाएको छ । आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा एकसाथ निर्वाचन गरेको थियो । 

आयोगका अनुसार ३५ हजार २२१ पदको लागि भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । 

निर्वाचन भएका ७५३ स्थानीय तहमध्ये हालसम्म ६३८ तहमा मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका स्थानमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा ३१ हजार ४१६ जना जनप्रतिनिधि निर्वाचित भएका हुन् । अब ३ हजार ८०५ पदको परिणाम आउन बाँकी रहेको छ । 

निर्वाचित हुने जनप्रतिनिधिमा सबैभन्दा ठूलो संख्या नेपाली कांग्रेसका उम्मेदवारको रहेको छ । त्यसपछि ठूलो संख्या क्रमशःः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी, नेपालको रहेको छ ।

आयोगका अनुसार हालसम्म नेपाली कांग्रेसका १२ हजार ३४५ जना उम्मेदवारले विभिन्न पदमा विजयी भइसकेका छन् । यो भनेको कूल विजयी उम्मेदवारको ३९.२९ प्रतिशत हो । 

एमालेका १० हजार ६०९ जना उम्मेदवार विजयी भइसकेको आयोगले बताएको छ । कूल विजयी हुने उम्मेदवारमा ३३.७६ प्रतिशत एमालेका उम्मेदवार रहेका छन् । 

माओवादी केन्द्रका हालसम्म ४ हजार ७५४ जना जनप्रतिनिधि विभिन्न पदमा विजयी बनेका छन् । यो भनेको कूल विजयी उम्मेदवारको १५.१३ प्रतिशत हो । 

जनता समाजवादी पार्टी, नेपालको हालसम्म १ हजार २२० जना उम्मेदवार विजयी बनेका छन् । विजयी उम्मेदवारमा जनता समाजवादी पार्टीको हिस्सा ३.८८ प्रतिशत रहेको छ । नेकपा (एकीकृत समाजवादी) को तर्फबाट हालसम्म १४ जना विजयी बनेका छन् । यो भनेको विजयी उम्मेदवारको ०.०४४ प्रतिशत हो ।  

अन्य साना दल र स्वतन्त्र उम्मेदवार २ हजार ४८९ जना विजयी बनेको आयोगले जनाएको छ । कूल विजयी उम्मेदवारमध्ये ७.९२ प्रतिशत साना दल तथा स्वतन्त्र उम्मेदवारहरू छन् । 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १ : ४१ बजे

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ