मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा बानियाँ निर्वाचित, मेयरमा लामाको अग्रता « Khabarhub

मतगणना नसकिँदै हेटौंडाको उपमेयरमा बानियाँ निर्वाचित, मेयरमा लामाको अग्रता


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । उपमहानगरपालिकामा ७३ हजार ४१४ मत खसेकोमा ६७ हजार ४३५ मतगणना गरिसक्दा नै बानियाँ उपमेयरमा निर्वाचित भएका हुन् ।

पाँच हजार ९७९ मत गणना बाँकी हुँदा बानियाँले आठ हजार ६०५ मतान्तरले अग्रता बनाएका छन् । उनले ३० हजार ३०२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले २१ हजार मत प्राप्त गरेकी छन् ।

उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनबाट उम्मेदवारी दिएकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले अग्रता बनाइरहेकी छन् । लामाले २१ हजार २०३ मत प्राप्त गर्दै अग्रता बनाइरहँदा एमालेका उम्मेदवार अनन्त पौडेलले १९ हजार ३२५ मतसहित दोस्रो स्थानमा छन् ।

राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १८ हजार ६२६ मतसहित तेस्रो स्थानमा छन् । हेटौंडा उपमहानगरपालिकाको अन्तिम मतपरिणाम आजै सार्वजनिक गर्ने गरी काम भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ५ : २८ बजे

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा