खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले लिए शपथ « Khabarhub

खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले लिए शपथ


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले शपथ लिएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएको केही समयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दुई नगरपालिका र आठ गाउँपालिकाका नवनिर्वाचित प्रमुखलाई शपथ खुवाएको हो । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राई, खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेबी राई, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जारा, रावाबेँसी गाउँपालिकाका फटिकुमार श्रेष्ठ र साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले शपथ लिएका हुन् ।

नवनिर्वाचित जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले शपथ खुवाएका हुन् । 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ५ : १६ बजे

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ