अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ « Khabarhub

अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ जनालाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ परेकासँग प्रहरीले नेपाली रु ७६ हजार नगद, एक हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ ।

यस्तै तारकेश्वर नगरपालिका–५ लोलाङ धितालथोकमा जुवातास खेल्ने छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले धितालथोककी २५ वर्षीया गीता दाहालको घरमा जुवातास खेलिरहेको अवस्थामा दाहालसहित छ जनालाई पक्राउ गरेको हो । 

पक्राउ परेकासँग प्रहरीले रु २३ हजार ३६० नगद र तीन बुक तास बरामद गरेको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ५ : २२ बजे

नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार

सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको

महेश बस्नेतको आक्रोश : गगनहरूलाई कांग्रेसको आधिकारिकता लोकतन्त्र र विधिको शासनमाथिकै प्रहार

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता विभाजित

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई