महोत्तरीका ६ पालिकाले पाए स्थानीय सरकार  | Khabarhub Khabarhub

महोत्तरीका ६ पालिकाले पाए स्थानीय सरकार 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– प्रारम्भिक मतगणनाको मतपरिणामअनुसार महोत्तरीका १० पालिकाले  स्थानीय सरकार पाएका छन् ।

जिल्लाको बर्दिबास नगरपालिका, एकडारा गाउँपालिका, मटिहानी नगरपालिका, मनरासिस्वा नगरपालिका, महोत्तरी गाउँपालिका , रामगोपालपुर नगरपालिका, सोनामा गाउँपालिका, भंगाहा नगरपालिका, लोहारपट्टटी नगरपालिकाले स्थानीय सरकार पाएका हुन् ।मतपरिणामसँगै निर्वाचन आयोगले पालिका प्रमुख सहितको विजयी सरकारका प्रतिनिधिहरूको नाम घोषणा गरेपछि शुक्रबार उक्त पालिकाका अघिल्ला सरकारका जनप्रतिनिधिहरूलाई बिदाइ गरिएको छ ।

बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीसहितको जनप्रतिनिधिको समूह शुक्रबार नै स्थानीय सरकारको हैसियतबाट बिदा भए । निकासका लागी बनाएका आधारहरूको निर्वाचित सरकारले स्वामित्व ग्रहण गरि त्यसलाई पूरा गर्ने विश्वास व्यक्त गर्दै नगरप्रमुख कार्कीले नगरवासीहरुको समृद्धिको लागि सँगै हातेमालो गर्ने बताए ।

अहिलेसम्म निर्वाचित भएका जनप्रतिनिधिहरू कतिपय दोहोरिएका छन् भने कतिपय नयाँ अनुहार छन् । मट्टीहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डललाई पुन: एकपटक स्थानीय सरकारमा सर्वसाधारणहरूले अनुमोदन गरेका छन् । 

अन्य नगरपालिकामा भने नयाँ अनुहार छन् । अहिलेसम्म निर्वाचित भएका स्थानीय सरकारमा एकडारा गाउँपालिकामा जसपाको नेतृत्वमा, मट्टीहानी नगरपालिकामा पुनस् हरि लोसपाको नेतृत्वमा, मनरासिस्वा नगरपालिकामा नेपाली काङग्रेसको नेतृत्वमा, महोत्तरी गाउँपालिकामा तमलोपाको नेतृत्वमा, रामगोपालपुर नगरपालिकामा नेकपा एमालेको नेतृत्वमा, बर्दिबास नगरपालिकामा नेपाली काङ्ग्रेसवाट बागी बनेका प्रल्हाद क्षेत्रीको नेतृत्वमा, लोहरपट्टी नगरपालिका कांग्रेसको नेतृत्वमा, सोनामा गाउँपालिका लोसपाको नेतृत्वमा, औरही नगरपालिका लोसपाको नेतृत्वमा  छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : ३५ बजे

अशक्तलाई घरमै नागरिकताको प्रमाणपत्र 

तनहुँ– जन्मजात शारीरिक अपाङ्गता भएकी २० वर्षीया नवीना खनालले नागरिकता

नारायणघाट–बुटवल सडक विस्तार : म्याद थप्ने तयारी

नवलपरासी– चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद

मधेसमा पानीको समस्या समाधान गर्न संघीयमन्त्रीहरू बीच छलफल

काठमाडौं– मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न संघीय

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !

बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको

अनारखेतीबाट वर्षमा ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का कृषकले व्यावसायिक रूपमा अनारखेती