महोत्तरीका ६ पालिकाले पाए स्थानीय सरकार  « Khabarhub

महोत्तरीका ६ पालिकाले पाए स्थानीय सरकार 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– प्रारम्भिक मतगणनाको मतपरिणामअनुसार महोत्तरीका १० पालिकाले  स्थानीय सरकार पाएका छन् ।

जिल्लाको बर्दिबास नगरपालिका, एकडारा गाउँपालिका, मटिहानी नगरपालिका, मनरासिस्वा नगरपालिका, महोत्तरी गाउँपालिका , रामगोपालपुर नगरपालिका, सोनामा गाउँपालिका, भंगाहा नगरपालिका, लोहारपट्टटी नगरपालिकाले स्थानीय सरकार पाएका हुन् ।मतपरिणामसँगै निर्वाचन आयोगले पालिका प्रमुख सहितको विजयी सरकारका प्रतिनिधिहरूको नाम घोषणा गरेपछि शुक्रबार उक्त पालिकाका अघिल्ला सरकारका जनप्रतिनिधिहरूलाई बिदाइ गरिएको छ ।

बर्दिबास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीसहितको जनप्रतिनिधिको समूह शुक्रबार नै स्थानीय सरकारको हैसियतबाट बिदा भए । निकासका लागी बनाएका आधारहरूको निर्वाचित सरकारले स्वामित्व ग्रहण गरि त्यसलाई पूरा गर्ने विश्वास व्यक्त गर्दै नगरप्रमुख कार्कीले नगरवासीहरुको समृद्धिको लागि सँगै हातेमालो गर्ने बताए ।

अहिलेसम्म निर्वाचित भएका जनप्रतिनिधिहरू कतिपय दोहोरिएका छन् भने कतिपय नयाँ अनुहार छन् । मट्टीहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डललाई पुन: एकपटक स्थानीय सरकारमा सर्वसाधारणहरूले अनुमोदन गरेका छन् । 

अन्य नगरपालिकामा भने नयाँ अनुहार छन् । अहिलेसम्म निर्वाचित भएका स्थानीय सरकारमा एकडारा गाउँपालिकामा जसपाको नेतृत्वमा, मट्टीहानी नगरपालिकामा पुनस् हरि लोसपाको नेतृत्वमा, मनरासिस्वा नगरपालिकामा नेपाली काङग्रेसको नेतृत्वमा, महोत्तरी गाउँपालिकामा तमलोपाको नेतृत्वमा, रामगोपालपुर नगरपालिकामा नेकपा एमालेको नेतृत्वमा, बर्दिबास नगरपालिकामा नेपाली काङ्ग्रेसवाट बागी बनेका प्रल्हाद क्षेत्रीको नेतृत्वमा, लोहरपट्टी नगरपालिका कांग्रेसको नेतृत्वमा, सोनामा गाउँपालिका लोसपाको नेतृत्वमा, औरही नगरपालिका लोसपाको नेतृत्वमा  छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : ३५ बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्