सशस्त्रका पौडेल एआइजीमा पदोन्नति, दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

सशस्त्रका पौडेल एआइजीमा पदोन्नति, दर्ज्यानी चिन्ह प्रदान


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नारायणदत्त पौडेललाई शुक्रबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले उनलाई एआइजीमा बढुवा गरेको हो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित एक समारोहकाबिच उनलाई आजै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिह्न प्रदान गरे।

समारोहमा महानिरीक्षक अर्यालले आफ्नो जिम्मेवारीका क्षेत्रमा प्रदर्शन गरेको कार्यक्षमता, साङ्गठनिक विकासमा पुर्‍याएको योगदान तथा सेवाप्रतिको उच्च कदर गर्दै नेपाल सरकारले पदोन्नति गरेको बताए ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरू सबै समान रहेको उल्लेख गर्दै फौजी संस्कार निर्माण गरी आवश्यकता अनुरुपको नीति नियम तर्जुमा गर्दै सामूहिक नेतृत्व र सामूहिक निर्णयका साथ सङ्गठनलाई अगाडि बढाइने स्पष्ट पारे ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ९ : ११ बजे

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा