रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्छ : नेटो प्रमुख « Khabarhub

रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्छ : नेटो प्रमुख


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेटोका प्रमुख रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरुलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रूसलई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठूलो हुन सक्ने बताएका छन् ।

जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि रूस-युक्रेन युद्ध लामो समयसम्म चल्न सक्ने बताएका थिए ।

जोनसन र स्टोल्टेनबर्ग दुबैले धेरै हतियार पठाउँदा युक्रेनको जीतको सम्भावना बढ्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।

पश्चिमी देशहरुको सैन्य गठबन्धन नेटोका प्रमुखले युक्रेनलाई आधुनिक हतियार आपूर्ति गर्नाले डोनबासको क्षेत्रलाई स्वतन्त्र गराउने सम्भावना बढ्ने बताए । यस क्षेत्रको ठूलो भाग रुसको नियन्त्रणमा गएको छ ।

पछिल्लो केही महिनादेखि रूस र युक्रेनका सैनिक देशको पूर्वी क्षेत्रलाई आफ्नो पकड बलियो बनाउन लडिरहेका छन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १२ : ०१ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने