श्रमिक जनचेतना कार्यक्रम गर्दै नेपाली दूतावास ओमान  « Khabarhub

श्रमिक जनचेतना कार्यक्रम गर्दै नेपाली दूतावास ओमान 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – ओमानस्थित नेपाली दूतावासले नेपाली श्रमिक लक्षित जनचेतना कार्यक्रम गर्ने भएको छ ।

दूतावासले आगामी जुलाई १ तारिख शुक्रबारका दिन मस्कटले दोफार प्रशासनिक क्षेत्रको सलाला आसपासमा रहेका नेपाली नागरिकहरूलाई लक्षित गरी कार्यक्रम गर्न लागेको हो ।

दूतावासका अनुसार श्रमिक सुरक्षा, जनचेतना, श्रमिक हकहित तथा नेपाल सरकारको पछिल्लो निर्णयअनुसार घरेलु कामदारलाई पारिवारिक पुनः मिलनको लागि नेपाल यात्रामा सहजीकरण सम्बन्धी व्यवस्था लगायतका श्रमिकसँग सम्बन्धित विविध विषयमा चेतनामूलक कार्यक्रम गर्न लागेको जनाएको छ ।

उक्त क्षेत्रमा रहेका नेपालीहरूलाई कार्यक्रममा आफू सहभागी हुन तथा सो क्षेत्रमा बस्ने अन्य नेपालीहरू समक्ष पनि कार्यक्रमबारे जानकारी सम्प्रेषण गरी सहभागिताका लागि अनुरोध गर्न त्यहाँ कार्यरत सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

कार्यक्रम मस्कट इन्टरनेसनल होटेल सलाला (नेपाली होटेलसँगैको होटेल) मा दिनको १ देखि ५ बजे सम्म सञ्चालन हुनेछ । थप जानकारीका लागि दूतावासका श्रम सहचारी दिनेश ढकाललाई ७१५९-२५०६ मा वा ९६९८-४२२३ मा रमेश अर्याललाई सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ६ : ४७ बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने