प्रधानमन्त्रीलाई काँग्रेस महामन्त्रीद्वयको सुझाव : ‘एसपीपीको च्याप्टर सधैँको लागि क्लोज गरिदिनुस्’ « Khabarhub

प्रधानमन्त्रीलाई काँग्रेस महामन्त्रीद्वयको सुझाव : ‘एसपीपीको च्याप्टर सधैँको लागि क्लोज गरिदिनुस्’


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। सोमबार बिहान बालुवाटार पुगेर थापा र शर्माले देउवासँग पार्टी र सरकार सञ्चालन तथा सार्वजनिक सरोकारका विषयमा केन्द्रित रहेर छलफल गरेका हुन्।

पार्टी नीति महाधिवेशन, केन्द्रीय कार्यसमिति बैठक, विभागहरू गठन, भ्रातृ संघसंस्था पूर्णता र अधिवेशनबारे आन्तरिक छलफल गरिएको महामन्त्री थापाको सचिवालयले जनाकारी दिएको छ । उक्त विषयमा भोलि  थप छलफल हुने छ । गत मंसिरमा १४ औँ महाधिवेशन गरेको काँग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन । काँग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर काँग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्ड पनि अपुरो छ ।

असार १० गतेभित्र अनुशासन समिति केन्द्रीय निर्वाचन समिति, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र केन्द्रीय विभागहरू गठनका लागि उनीहरूले पनि सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।  गत फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भङ्ग गरेको थियो । साथै बैठकले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई छ । तर सभापति देउवाले फागुन ९ गते नेविसंघ र तरुण दलमा सभापति मनोनीत भए पनि बाँकी भ्रातृ संस्थामा नेतृत्व दिन सकेका छैनन् ।

नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघमा ४ महिनादेखि नेतृत्व छैन । आगामी केन्द्रीय समिति बैठकमा यी विषयलाई एजेण्डा बनाउने काँग्रेसको तयारी छ । मंगलबारको छलफलपछि केन्द्रीय समिति बैठकको टुङ्गो लाग्ने छ । काँग्रेसले स्थानीय निर्वाचनको समीक्षा बैठक समेत राखेको छैन । महामन्त्रीद्वय थापा र शर्माले प्रधानमन्त्री देउवालाई राष्ट्रिय राजनीति लगायतका विषयमा पनि  छलफल गरेका थिए ।

महामन्त्री शर्माले एसपीपीमा सधैँको लागि च्याप्टर क्लोज गर्नुपर्ने सुझाव राखेको बताए । ‘एसपीपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्‍याएर सधैँलाई बन्द गरिदिनुस् । ‘साझा धारणा बनाएर एसपीपीलाई सधैँका लागि बन्द गरिदिनुस् सरकारका तर्फबाट पत्र पठाएर एसपीपीको विषय बन्द गरौँ,’ उनीहरूको भनाइ थियो ।

महामन्त्रीद्वयले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएकोले जनतालाई राहत दिने कार्यक्रम सरकारले ल्याउनुपर्ने माग गरेका थिए। त्यस्तै शेयर बजारमा देखिएको समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्न आग्रह गरे ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : १७ बजे

विश्वकप प्रतियोगिता मात्रै होइन, एउटा पुस्ताबाट अर्को पुस्तामा सर्ने सपना पनि हो : रोहित पौडेल

काठमाडौं – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप केवल

ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका

आजका समाचार : निर्वाचन एकै चरणमा, कांग्रेसले चुनावअगाडि कसैसँग तालमेल नगर्ने, इरान-अमेरिका वार्ता भोलि र अभ्यास खेलमा नेपाल विजयी

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ताप्रधानमन्त्री सुशीला कार्की

अमेरिकासँग वार्तामा सहभागी हुन इरानलाई आग्रह

दोहा– जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई अमेरिकासँग हुने योजनाबद्ध वार्तामा