प्रधानमन्त्रीलाई काँग्रेस महामन्त्रीद्वयको सुझाव : ‘एसपीपीको च्याप्टर सधैँको लागि क्लोज गरिदिनुस्’ « Khabarhub

प्रधानमन्त्रीलाई काँग्रेस महामन्त्रीद्वयको सुझाव : ‘एसपीपीको च्याप्टर सधैँको लागि क्लोज गरिदिनुस्’


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। सोमबार बिहान बालुवाटार पुगेर थापा र शर्माले देउवासँग पार्टी र सरकार सञ्चालन तथा सार्वजनिक सरोकारका विषयमा केन्द्रित रहेर छलफल गरेका हुन्।

पार्टी नीति महाधिवेशन, केन्द्रीय कार्यसमिति बैठक, विभागहरू गठन, भ्रातृ संघसंस्था पूर्णता र अधिवेशनबारे आन्तरिक छलफल गरिएको महामन्त्री थापाको सचिवालयले जनाकारी दिएको छ । उक्त विषयमा भोलि  थप छलफल हुने छ । गत मंसिरमा १४ औँ महाधिवेशन गरेको काँग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन । काँग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर काँग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्ड पनि अपुरो छ ।

असार १० गतेभित्र अनुशासन समिति केन्द्रीय निर्वाचन समिति, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र केन्द्रीय विभागहरू गठनका लागि उनीहरूले पनि सभापति देउवाको ध्यानाकर्षण गराएका छन् ।  गत फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भङ्ग गरेको थियो । साथै बैठकले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई छ । तर सभापति देउवाले फागुन ९ गते नेविसंघ र तरुण दलमा सभापति मनोनीत भए पनि बाँकी भ्रातृ संस्थामा नेतृत्व दिन सकेका छैनन् ।

नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघमा ४ महिनादेखि नेतृत्व छैन । आगामी केन्द्रीय समिति बैठकमा यी विषयलाई एजेण्डा बनाउने काँग्रेसको तयारी छ । मंगलबारको छलफलपछि केन्द्रीय समिति बैठकको टुङ्गो लाग्ने छ । काँग्रेसले स्थानीय निर्वाचनको समीक्षा बैठक समेत राखेको छैन । महामन्त्रीद्वय थापा र शर्माले प्रधानमन्त्री देउवालाई राष्ट्रिय राजनीति लगायतका विषयमा पनि  छलफल गरेका थिए ।

महामन्त्री शर्माले एसपीपीमा सधैँको लागि च्याप्टर क्लोज गर्नुपर्ने सुझाव राखेको बताए । ‘एसपीपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्‍याएर सधैँलाई बन्द गरिदिनुस् । ‘साझा धारणा बनाएर एसपीपीलाई सधैँका लागि बन्द गरिदिनुस् सरकारका तर्फबाट पत्र पठाएर एसपीपीको विषय बन्द गरौँ,’ उनीहरूको भनाइ थियो ।

महामन्त्रीद्वयले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएकोले जनतालाई राहत दिने कार्यक्रम सरकारले ल्याउनुपर्ने माग गरेका थिए। त्यस्तै शेयर बजारमा देखिएको समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्न आग्रह गरे ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : १७ बजे

सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थालाई सरकारी

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल

कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा

देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ

काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरू विश्वप्रकाश शर्मा र