बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते  | Khabarhub Khabarhub

बैतडीमा जिप दुर्घटना हुँदा दुई जना घाइते 


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पज्यूनयाँमा सोमबार जिप दुर्घटना भएको छ । से १ ज १०८७ नम्बरको जिप दुर्घटना हुँदा दुई जना जना घाइते भएका छन् । घाइते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडीधनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ । गाडीमा अन्य यात्रु थिएनन् । जिप दिउँसो ३ बजेतिर दुर्घटना भएको हो । 

घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार सञ्जय धामीले बताए । जीप पज्युनयाँ बजारबाट गोकुलेश्वरतर्फ गइरहेको उनले बताए । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ४ : ४७ बजे

अर्थ समितिमा आज पनि पुगेन गणपूरक सङ्ख्या, बैठक स्थगित

काठमाडौं – गणपूरक सङ्ख्या नपुगे पछि आज पनि अर्थ समितिको

इजरायलले पहिलो ‘वेभ पावर प्लान्ट’ सुरु गर्‍यो

जेरुसेलम– इजरायलले समुद्री छालबाट बिजुली उत्पादन गर्ने आफ्नो पहिलो पावर

रवि र छवि थप चार दिन हिरासतमा रहने, मुद्दा दायर गर्ने तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र उनका

निकिताको चुनौती- रविले सहकारीबाट ऋण लिएको प्रमाण देखाऊ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी संस्थाबाट ऋण

पातिचौर–बाजुङ–लेसपार–नागी सडक स्तरोन्नति

पर्वत – मार्ग खुलेको झण्डै दुई दशकपछि पातिचौर–बाजुङ–क्याङ–लेसपार–नागी सडक स्तरोन्नतिको