जग्गा बन्धकी राखी ऋण दिन सर्वोच्चको अन्तरिम आदेश « Khabarhub

जग्गा बन्धकी राखी ऋण दिन सर्वोच्चको अन्तरिम आदेश


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाबाट जग्गा धितो बन्दकी राखी ऋण दिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासले जग्गा धितो राखी ऋण दिन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।

गत जेठ २७ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्मका लागि जग्गा बन्धकी राख्न नपाउने निर्णय गरेको थियो ।

यद्यपि हालसम्म पनि नियमावलीअनुसार जग्गाको वर्गीकरण नभएको देखिएको भन्दै अदालतले जग्गाको वर्गीकरण नभएसम्मका लागि अनिश्चितकालसम्म जग्गा धितो राख्न नपाउने व्यवस्था गर्दा नागरिकको मौलक हकसँग सम्बन्धित कतिपय कुरामा अनुचित असर पर्ने अदालतको ठहर छ ।

त्यसैले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्मका मन्त्रालयको निर्णयमा उल्लेखित व्यवस्था कार्यान्वयन नगर्नू नगराउनू भनी सरकारको नाममा अन्तरिम आदेश जारी गरेको सर्वोच्चले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ५ : ०४ बजे

भारतको अन्तरिक्ष मिशन असफल, नेपालको उपग्रह ‘मुनाल’ पनि बाटैबाट हरायो

नयाँदिल्ली- आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार बिहान

थकाली सेवा समितिको केन्द्रीय अध्यक्षमा तुलाचन

मुस्ताङ– थकाली सेवा समिति नेपालको केन्द्रीय अध्यक्षमा शान्ति तुलाचन निर्विरोध

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : मन्त्री सिन्हा

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको

चुरे मधेसको छाना हो : मुख्यमन्त्री यादव

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले चुरे मधेसको छाना भएको

नेकपा र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकता भएको