कालीगण्डकी करिडोरको काम धमाधम | Khabarhub Khabarhub

कालीगण्डकी करिडोरको काम धमाधम


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको काम धमाधम भइरहेको छ । पर्वत र स्याङजा खण्डमा अहिले स्तरोन्नतिको काम भइरहेको छ ।

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको अर्मादीबाट स्याङ्जाको मिर्मीसम्मको ५४ किमी सडकखण्डको स्तरोन्नतिका साथै कालोपत्र गर्ने काम ६ निर्माण कम्पनीले गरिरहेका छन् । उक्त खण्डको मिर्मीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्रका लागि काम भइरहेको छ । सेतीवेणीबाट फलेवास ढिकसम्मको सडकखण्डमा कालोपत्र पनि धमाधम भइरहेको छ ।

करिडोरअन्तर्गत फलेवास–मोदीवेणी–अर्मादी सडकखण्डको ट्र्याकओपन हालै ब्रेक थ्रु भएको छ । मोदीवेणी नजिकैको भिरमा काम गर्ने क्रममा दुर्घटना भएपछि रोकिएको काम हालै ब्रेक थ्रु भएको सूचना अधिकारी पवित्रमणि आचार्यले जानकारी दिए । अब उक्त खण्डमा वर्षायाम रोकिएलगत्तै थप स्तोरन्नतिको काम सुरु हुने छ । यस अघि सो खण्डको स्तरोन्नतिको जिम्मा लिएको सूर्य कन्सट्रक्शनको लापरवाहीका कारण कामले गति लिन सकेको थिएन ।

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डको फलेवास–मोदीवेणी–अर्मादी सडकखण्डको कामले बल्ल गति लिएको छ । रु नौ करोड १७ लाख ४९ हजारको लागतमा निर्माण हुनलागेको उक्त खण्डको फलेवास ढिकबाट मोदीवेणीसम्म ट्र्याक पहिल्यै खुलेको हो । मोदीवेणीबाट अर्मादीको खण्ड हालै सञ्चालनमा आएको छ ।

सेतीवेणीबाट पर्वतको रानीपानीसम्म सात किलोमिटर सडकमा प्यासिफक जलजला जेभीले कालोपत्रको काम गरेको छ। यो खण्डको काम तीव्रगतिमा भएको छ । यो खण्ड अन्य काम सकेर कालोपत्रको चरणमा रहेको कालीगण्डकी करिडोर आयोजनाले जनाएको छ । रानीपानीबाट फलेवास ढिकसम्मको २२ किमी सडकमा पनि कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम धमाधम गरिरहेका छन् ।

उक्त खण्डको रानीपानीबाट खबरको भिरसम्म ६ किमी सडकको काम महालक्ष्मी पाण्डे एण्ड कम्पनी जेभीले गरेको छ। यो खण्ड कालोपत्र भइसकेको आयोजनाले जनाएको छ । त्यसैगरी खबरको भिरबाट फलेवास ढिकसम्मको सडकखण्डको १६ किमीमा स्वच्छन्द वल्र्डवाइड ओमबुद्ध जेभीले स्तारोन्नति र कालोपत्र गर्ने काम गरिरहेको आयोजनाका सूचना अधिकारी आचार्यले जानकारी दिए । सेतीवेणीबाट फलेवास सडकखण्ड यसै आर्थिक वर्षममा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।

सेतीवेणीबाट फलेवास ढिकसम्मको सडकखण्डमा सन्तोषजनक काम भएको छ । मिर्मीबाट सेतीवेणीसम्मको सडक स्तरोन्नतिका साथै कालोपत्र गर्न दुई निर्माण कम्पनीले काम थालेका छन् । उक्त खण्डको तीन किमी सडक काष्ठमण्डप कालीमनकामना जेभीले गरेको छ भने सात किमी सडकको काम महादेव खिम्ती अञ्जना पराजुली जेभीले गरेको छ ।

उक्त सडकखण्डमा पनि कालोपत्रका लागि अहिले स्तरोन्नति तथा फाउण्डेशनको काम भइरहेको छ । मिर्मीबाट सेतीवेणीबीचको भिरमा कडा चट्टान परेका कारण कामले गति लिन नसकेको हो । उक्त स्थानमा चट्टान फोड्न विस्फोटनको तयारीसमेत गरिएको छ । कडा चट्टान हुँदा उक्त खण्डको काम सन्तोषजनक हिसाबले अगाडि बढ्न सकेको छैन ।

लमाएखोलामा पुल बनाउने काम अघि बढेको आचार्यले जानकारी दिए । भौगोलिक कठिनाइ र प्राविधिक समस्याले पुलको काम ढिला भएको हो । तत्कालका लागि बेलीब्रिज निर्माण गरेर गाडी गुड्ने बनाइने छ । चौध किमी सडकखण्डका लागि कार्यालयले ट्र्याक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा पर्खाललगायतको काम गर्ने गरी २०७३ असारमा सूर्य कन्सट्रक्शनसँग सम्झौता भएको हो । अहिले सबै खण्डमा धमाधम काम भइरहेको छ ।

कालीगण्डकी लोकमार्गलाई धार्मिकमार्गका रूपमा हेरिएको छ । लुम्बिनीबाट मुक्तिनाथ र यसबीचमा पर्ने स्याङ्जाको राम्दी, सेतीवेणी, पुर्तीघाट, मोदीवेनी दिव्यधामजस्ता धार्मिकस्थललाई यो राजमार्गले छोएको छ । त्यस्तै कृषिको विकासमा पनि कालीगण्डकी लोकमार्ग वरदान सावित हुने देखिन्छ। विकासको मेरुदण्ड मानिएको कालीगण्डकी करिडोर पर्वत, स्याङ्जा खण्डमा जनप्रतिनिधिले समयमै काम सम्पन्न गर्न नियमित खबरदारी गरिरहेका छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ८ : २२ बजे

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा