सवारी जरिवानाबाट म्याग्दीमा ६४ लाख राजस्व संकलन | Khabarhub Khabarhub

सवारी जरिवानाबाट म्याग्दीमा ६४ लाख राजस्व संकलन


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लामा आर्थिक वर्ष २०७८-७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने नौ हजार ४५० सवारीसाधनका चालकलाई कारबाही गरेर रु ६३ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ ।

प्रयोजनविपरीत, क्षमताभन्दा बढी यात्रु बोक्ने, गलत ठाउँमा पार्किङ गर्ने, चालक अनुमतिपत्र र सवारीधनीपत्र नभएकालाई कारबाही गरी सो राजस्व सङ्कलन गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक इन्द्रबहादुर नेपालीका अनुसार एक हजार ९५३ मोटरसाइकल चालकलाई कारबाही गर्दा रु १४ लाख ४३ हजार, एक हजार ३४४ ट्र्याक्टर चालकबाट रु आठ लाख ९९ हजार, चार हजार ४३६ जिप-कार चालकबाट रु २९ लाख ६२ हजार, ५३६ बस चालकबाट रु तीन लाख २५ हजार र एक हजार १८१ ट्रक चालकबाट रु सात लाख ६२ हजार जरिवाना असुली भएको छ ।

सबैभन्दा बढी वैशाखमा एक हजार २५० सवारीसाधनका चालकलाई कारबाही गर्दा रु नौ लाख १५ हजार जरिवाना असुली भएको नेपालीले जानकारी दिए । आव २०७७-७८ मा चार हजार ८५० सवारीसाधनका चालकलाई कारबाही गरेर रु ३० लाख ७३ हजार राजस्व सङ्कलन भएको थियो । आव २०७६-७७ मा तीन हजार ६०० सवारीसाधनका चालकलाई कारबाही गरेर रु २२ लाख १९ हजार, २०७५-७६ मा ६ हजार २०० सवारीसाधनका चालकबाट रु ४१ लाख ९३ हजार तथा आव २०७४-७५ मा आठ हजार ४०० सवारीसाधनका चालकबाट रु ५७ लाख ६६ हजार राजस्व सङ्कलन गरिएको नेपालीले बताए।

गत वर्ष म्याग्दीमा भएका १८ दुर्घटनामा १५ जनाको ज्यान गएको थियो । नौ जना गम्भीर र नौ सामान्य घाइते भएका थिए। प्रहरी नायब निरीक्षक नेपालीले जाँचका साथै दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउन चालक, यात्रु र नागरिक लक्षित कार्यक्रम गर्दै आएको बताए।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १० : ११ बजे

म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने ? : रवि लामिछाने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका राष्ट्रिय

नेपाल योग भूमिको रूपमा रहेको पुष्टि हुँदैछ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको

सभापति लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग गरी षड्यन्त्र भइरहेको छ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार तेस्रो स्थापना दिवस मनाएको

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै