मुक्ति नाथ विकास बैंक ‘दबिज अवार्ड २०२२’ द्वारा सम्मानित « Khabarhub

मुक्ति नाथ विकास बैंक ‘दबिज अवार्ड २०२२’ द्वारा सम्मानित


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वल्र्ड कन्फेडेरेसन अफ बिजनेसद्वारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड ‘द बिज अवार्ड २०२२’ द्वारा विभिन्न ६ बिधाहरुमा मुल्यांक गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ । सो कार्यक्रमका आयोजनाकर्ता विश्वभरीका १३० वटा देशहरूका ३,५०० भन्दा बढि व्यापार सदस्यहरूको प्रतिनिधित्व गर्दै आएका छन् ।  

  मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा ‘बिजनेस एक्सीलेन्स् र्टिफिकेट’ द्वारा उक्त बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि ‘बिजनेस एक्सीलेन्स् र्टिफिकेट’ वल्र्ड कन्फेडेरेसन अफ बिजनेसले सम्मानित गरेको हो । यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरूका लागि नवीनतम सेवाहरु ल्याउन उत्साहित बनाएको छ । बैंकले यस अघि युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने ‘ग्लोबल एसएमई अवार्ड २०२१’एसएमई फाइनान्सर अफ द इयर- एशिया विधामा पनि सम्मानित भएको थियो ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साह नगर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम कार्डबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड ,मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिसकल बैंकिङ बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ । 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १ : ५१ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन