सिमलडाँगीमा आगलागी, २० लाख भन्दा बढी क्षति | Khabarhub Khabarhub

सिमलडाँगीमा आगलागी, २० लाख भन्दा बढी क्षति


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापाको झापा गाउँपालिका–५ स्थित सिमलडाँगीमा आज बिहान आगलागी हुँदा २० लाख २५ हजार बराबरको क्षति भएको छ । झापा–५ सिमलडाँगीका अब्दुल करिम अलीको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा अलीसहित छ जनाको घर जल्दा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

आगलागीबाट अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर नष्ट हुँदा तीन लाख बराबरको क्षति भएको छ । त्यस्तै आगलागीबाट अबदुल जुलास अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र सबै सामान जल्दा रू तीन लाख, अमोर अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर रू दुई लाख ५० हजार बराबरको क्षति भएको छ ।

त्यस्तै अनावर अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा तीन लाख ५० हजार, इस्माइल अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा तीन लाख ७५ हजार र समित अलीको टिनको छाना, बाँसको टाटिबेराले बनेको एकतले घर तथा घरभित्र रहेको लत्ताकपडा, अन्नपात, भाँडावर्तन जल्दा चार लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  २ : ४९ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न