एसपीपी सम्झौताबारे रुलिङको माग गर्दै भीम रावलले रोष्ट्रम नछाडेपछि… « Khabarhub

एसपीपी सम्झौताबारे रुलिङको माग गर्दै भीम रावलले रोष्ट्रम नछाडेपछि…


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद भीम रावलले एसपीपी सम्झौता नगर्ने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोष्ट्रम नछाडेपछि प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एसपीपी सम्झौतामा सहभागी नहुने पत्र पठाउन सरकारलाई रुलिङको माग गर्दै रोष्ट्रम नछाडेपछि बैठक प्रभावित भएको हो ।

बैठकमा सभामुखको अध्यक्षता गरेकी सत्या पहाडीले ध्यानाकर्षण भएको र पटक पटक बस्न अनुरोध गर्दा पनि रावलले भने रुलिङ नभएसम्म रोष्ट्रम नछाड्ने अडान राखेका थिए । सो क्रममा केही सांसदहरुले नियमापती समेत गरेका थिए । त्यस लगतै सभामुख अग्नि सापकोटा आएर रावलले उठाएको विषयमा ध्यानाकर्षण भएको बताएको विषयान्तर नगर्न आग्रह गरे। तर रावलले भने एसपीपी सम्झौतामा सहभागी नहुनेबारे अमेरिकालाई पत्र लेख्नुपर्ने दोहर्‍याए।

त्यसपछि सभामुख सापकोटाले केहि बेरका लागि संसद् बैठक स्थगित गरेका थिए । १५ मिनेट स्थगित भएर सुरु भएको प्रतिनिधिसभा बैठक भने सहज रूपमा अघि बढेको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ५ : ०० बजे

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा